Logo

जापानमा बच्चा भन्दा पाल्तु जनावरको दर्ता बढी



२१, पुस । पालनपोषणको झन्झटिलो प्रक्रियाका कारण जापानमा बच्चा जन्माउनेको संख्यामा लगातार गिरावट आइरहेको छ ।

यसको विपरित यहाँ कुकुर बिरालो पाल्नेको संख्यमा भने वृद्धि भइरहेको छ । बच्चा जन्मने दरमा आएको कमी र पाल्तु जनावर पाल्नेको संख्यामा भएको वृद्धिले दर्ता पनि बालबालिकाको सट्टा पाल्तु जनावरकै बढी हुन थालेको छ ।

कम जन्म दरका कारण जापानको अर्थव्यवस्था पनि खस्किदै गएको छ । २०१४ मा जापानमा १५ वर्ष उमेरका लगभग १ करोड ६५ लाख मानिस थिए । तर, यसको विपरित पाल्तु जनावरको संख्या २ करोड १३ लाख थियो ।

यहाँ कम्पनीहरुले कर्मचारीलाई पनि थोरै मात्र बिदा दिँदै आएका छन् । यो पनि बालबालिका हुर्काउन कठिन मानिने एक कारण हो ।

जापानमा कामप्रतिको लगाव महिला–पुरुषमा त्यत्तीकै जोडदार छ । यस्तो अवस्थामा कोही पनि सन्तानको जिम्मेवारी लिन चाहदैनन् ।

एक रिपोर्टका अनुसार यदि दम्पतिले सन्तान जन्माउने विषयमा ध्यान नदिने हो भने आगामी २० वर्षमा यहाँको ३५ प्रतिशत जनसंख्या ८० वर्ष भन्दा बढी उमेरका हुनेछन् ।

आगामी ५ वर्ष अर्थात २०२५ सम्म जापानको प्रत्येक ३ मा एक ६५ वर्ष भन्दा बढी उमेरका हुनेछन् ।

यदि जापानमा जनसंख्या बढाउने विषयमा ध्यान नदिने हो भने यहाँको जनसंख्या ८ करोडमा झर्ने छ र आगामी १०० वर्षमा केवल ४ करोडमा मात्रै सीमित हुने छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्