Logo

मर्सिडिजका पूर्व कर्मचारी जेसीबी लिएर प्लान्टमा घुसे, चकनाचूर पारे ७० करोड रुपैयाँको गाडी



एजेन्सी, २१ पौष । मानिसको रिस पनि अचम्मको हुन्छ । कसैलाई कुनै कुनै कुरामा रिस उठ्यो भने सामान्य गाली वा पीटाइबाट पनि रिस शान्त पार्ने गरिन्छ । तर, कसैको रिस निर्दयी र घातक हुनसक्छ । यस्तै घटना स्पेनमा भएको छ ।

मर्सिडिज बेन्जका एक असन्तुष्ट पूर्व कर्मचारीले ६० करोड डलर अर्थात ७० करोड रुपैयाँको सवारी साधन नष्ट गरेका छन् । उनलाई कार नष्ट गरेको आरोपमा पक्राउ पनि गरिएको छ ।

डेली मेलका अनुसार आरोपीले ५० नयाँ भ्यान नष्ट गरेका छन् । उनी यो भन्दा पहिले सोही प्लान्टमा काम गर्ने गर्थे ।

३१ डिसेम्बरमा कम्पनीका पूर्व कर्मचारीले जेसीबी चोरेर कार प्लान्टमा घुसेका थिए । उनले धेरै विलाशी कार नष्ट गरेका थिए । क्षती पुगेका कारहरु महँगा भएको डेली मेलले जनाएको छ ।

उक्त घटनाको दृश्य सोशल मीडियामा पनि सेयर गरिएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्