Logo

मृत्युको अनुमानित जानकारी दिने सुपर कम्प्युटर



अमेरिकाको ‘द बेथ इसराइल डीकोन्सेल सेन्टर’ ले एक वैज्ञानिक सुपर कम्प्युटर बनाएको छ, जसले जो कसैको पनि मृत्युको समय लगभग ठिक–ठिक बताउन सक्छ । यो कम्प्युटरले मृत्युको समयको बारेमा ९६ प्रतिशत छोटकरीमा जानकारी दिन सक्छ ।

वास्तवमा वैज्ञानिकहरुले एक खास कम्प्युटरको मनिटरबाट आफ्ना बिरामी जोडेर राख्छन् । यस कम्प्युटरमा करीब साँढे दुई लाख भन्दा धेरै मानिसहरुले जोडिएर जानकारी संकलन गरेका छन् । जानकारी संकलन गर्न ३० वर्षको समय लागेको थियो । यो कम्प्युटरले हरेक ३ मिनेटमा बिरामीको आँकडा संकलन गर्छ । जसमा अक्सिजन लेवलबाट ब्लड प्रेशरसम्म हुन्छन् ।

कम्प्युटर कुनै पनि मानिसको शरीरको वर्तमान स्थितिको अध्ययन गरे उसमा भएका रोगको आँकडाको आधारमा उसको मृत्युको समय लगभग बताउन सक्छ । साथै समान लक्षण भएका अन्य रोगीको बारेमा भविष्यमा तपाइँको रोगको उपचार कसरी सम्भावना हुन्छ त्यसको बारेमा पनि जानकारी दिन्छ । मानवीय डाक्टरको तुलनामा यो कम्प्युटरले बिरामीको पहिचान गर्नमा धेरै क्षमता राख्छ ।

यस खोजमा पहिलो पटक डाटा सिद्धान्तको प्रयोग गरिएको छ । यसको अनुसन्धान र खोज डा. स्टीव हार्गनले गरेका हुन् । उनले यदि कोही मानिस आएर आफ्नो बारेमा बुझ्न चाहेमा जानकारी हासिल गर्न सक्ने बताएका छन् । यो ‘द बेथ इसराइल मेडिकल सेन्टर’ अमेरिकाको पहिलो यस्तो मेडिकल संस्थान हो, जहाँ डाक्टरको काम पनि गुगल ग्लासको प्रयोगबाट हुन्छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्