Logo

५ सय दिनमा दुनियाँ घुमेर यी जोडीले राखे विश्व रेकर्ड



मानिसहरुको विवाह गर्ने तरीका फरक–फरक हुन्छ । धेरैले विवाहलाई पछि सम्म सम्झने लायकको बनाउन चाहन्छन् । मार्क र कैमिला विलाफ्लारबीच मित्रता २०११ मा भएको थियो । उनीहरुबीच भेट भयो र पछि मायामा परिणत भयो । प्रेममा परेपछि उनीहरुले विवाह गरे । दुवैजनाको विवाहमा घरपरिवार सबैको उपस्थितिमा थियो । रिसेप्शन मनीलामा भएको थियो ।

विवाहपछि मार्कले कैमिलालाई विश्व घुम्ने कुरा गरे । कैमिला पनि विश्वको यात्रा गर्ने प्रस्तावमा राजी भइन् र हनीमुनको लागि जोडी निस्किए । यी जोडी ३६५ दिन अर्थात एक वर्ष भरी घुमेर हनीमुन गरेर विश्व रेकर्ड राख्ने सोच बनाए । मार्क र कैमिलाले सोच्दा बित्तिकै घुम्न निस्के र पाँच सय दिनमा हनीमुन मनाएर घर फर्किए । यी जोडीले विवाह शंघाईमा, रिसेप्सन मनीलामा र ५ सय दिनमा पुरै दुनियाँ सेलिब्रेट गरे । एजेन्सी



प्रतिक्रिया दिनुहोस्