Logo

समूह फेर्दै नेकपाका नेता कार्यकर्ता



काठमाडौं, २२ पुस । विगतमा १० वर्षे माओवादी जनयुद्धमा होमिनुभएका महोत्तरीको मनराशिशवा नगरपालिकाको मनरा बस्तीका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता राजेन्द्र साह अहिले उपल्लो तहमा बढेको दलभित्रको किचलोमा प्रधानमन्त्री केपी शर्मा ओलीका साथ उभिएका छन् । पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी) का तर्फबाट प्रत्यासी रहनुभएका साह अहिले नेकपाभित्रको किचलोमा प्रधानमन्त्री ओली नेतृत्वको समूहमा उभिनुभएको हो । जिल्लामा साहको वैचारिक नेताको परिचय रहेको नेकपाका कार्यकर्ता नै बताउँछन् ।

नेकपामा उपल्लो तहमा विभाजन देखिएपछि आम नेता, कार्यकर्ता एक–अर्को समूहमा प्रवेश गर्ने क्रम देखिएको छ । पुस पहिलो साताको अन्त्यमा दुईतिर केन्द्रीय समितिको बैठक भएपछि दुई समूहमा देखिएको नेकपाभित्र त्यसयताका दिनमा महोत्तरीमा समूह फेर्ने क्रम ह्वात्तै बढेको हो । पहिलोपटक पुस ७ गते दुईतिर केन्द्रीय समितिको बैठक हुँदा प्रचण्ड–माधवतिर रहनुभएका केन्द्रीय सदस्य टेकबहादुर बलम्पाकीले पनि चार दिन पहिले मात्र ९गत शनिबार० आपूm प्रधानमन्त्री ओलीसँग रहने घोषणा गरे । “धेरै कुरा स्पष्ट भएको थिएन, बुझ्दै जाँदा विभाजनको बीउ त प्रचण्ड–माधवले पो रोप्नुभएको रहेछ”, बलम्पाकीले सञ्चारकर्मीसँगको कुराकानीमा भने, “मैले अब प्रधानमन्त्री ओलीको साथ रहने फैसला गरेँ, मजस्ता धेरै साथीले विस्तारै यो कुरा बुझेर आपूmलाई सच्याउँदै हुनुहुन्छ ।” बलम्पाकीजस्तै समूह फेर्नेमा अहिले दुवैतर्फ देखिएका छन् ।

विगतमा माओवादी जनयुद्ध पृष्ठभूमिकी विसं २०६४ मा संविधानसभा सदस्यसमेत रहिसक्नुभएकी जिल्लाकै पार्टी नेत्री बुधनीदेवी महतो पनि अहिले प्रधानमन्त्री ओलीको पक्षमा उभिैएकी छिन्। “प्रचण्ड र ओली एकीकरणपूर्व आ–आफ्नो दलको अध्यक्षको हैसियतमा एकीकृत नेकपाको अध्यक्ष बनेका हुन् ।” महतोले भने, “महाधिवेशन आयोजनको निधो भएको थियो, सबै छिनोफानोका लागि महाधिवेशनमा जान छाडेर प्रचण्ड–माधवले हठात पदका लागि अन्तरिम विधान र अन्तरिम समितिलाई बहुमत÷अल्पमतको खेलमा गिजोल्नुभयो, यो बेठिक भयो ।” यस परिस्थितिमा पार्टी एकताका लागि आपूm प्रधानमन्त्रीका साथ उभिएको महतोको भनाइ छ ।

यसअघि तत्कालीन एमाले र माओवादीबीच एकीकरण भएर नेकपा बन्दा पूर्वमाओवादी केन्द्रतर्फबाट प्रदेश–२ समितिमा रहनुभएका रामआधार कापरले पनि भर्खरै आपूm प्रधानमन्त्रीको पक्षमा उभिएको स्पष्ट पारेका थिए । विगतमा माओवादी जनयुद्ध पृष्ठभूमिबाटै आउनुभएका बर्दिवास नगरपालिका–७ का वडाअध्यक्ष फाल्गुण सुसलिङ, यसै पृष्ठभूमिका भङ्गाहा नगरपालिकाका पुराना वामपन्थी नेता मुकुन्द दाहाल र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रका प्रत्यासी जिल्लाकै भङ्गाहा नगरपालिका–६ हतिसर्वाका बासिन्दा राजकिशोर यादवले पनि आफूलाई प्रधानमन्त्री ओलीकै साथ उभिएको अहिले स्पष्ट पारेका थिए । रासस



प्रतिक्रिया दिनुहोस्