Logo

सुवास नेम्वाङले भनेका थिएः अहिलेका प्रधानमन्त्रीले संसद बिघटन गर्न सक्दैनन् (भिडियोसहित)



काठमाडौं, २२ पौष । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य समेत रहेका पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ प्रधानमन्त्री केपी शर्मा ओलीनिकट छन् । ओलीले संसद बिघटन गर्ने कदम चालेयता उनी मौन छन् ।

नेम्वाङले संविधानको व्याख्या गर्दै यसले प्रधानमन्त्रीलाई संसद बिघटनको अधिकार नदिएको बताएका थिए । उनले विगतमा भनेको भिडियो रेकर्डमा प्रधानमन्त्रीले संसद बिघटन गर्न पाउँदैनन् भनी स्पष्ट भनेका थिए । नेम्वाङले भनेका थिए,‘प्रधानमन्त्रीले संसद बिघटन गर्न पाउँदैनन् ।’

प्रधानमन्त्रीलाई रिस उठ्यो भने र विधयेक पास भएन भने संसद बिघटन गरिदिने अवस्थाका कारण नपाउने व्यवस्था गरिएको उनले बताएका थिए । त्यसैले गजेटमा जस्तै केही दिन अघि या पछि आवधिक निर्वाचनको प्रावधान राखिएको बताएको रेकर्ड गरिएको भिडियोमा उल्लेख छ ।

नेम्वाङ प्रधानमन्त्री ओलीको संसद बिघटन गर्ने कदमबारे पूर्व जानकार नभएको समेत बुझिएको छ । उनैले पटक पटक ओलीको संसद बिघटनको कदम रोक्न भुमिका खेलेका थिए । ५ पौषमा संसद बिघटनको सिफारिश गर्ने मन्त्रिपरिषद्को बैठक बस्दै गर्दा पनि उनी बालुवाटारमै थिए ।

प्रचण्ड ओलीलाई भेट्न ५ पौषको विहान ९ः५० मा पुग्दा नेम्वाङ क्याबिनेट बैठक कक्ष बाहिर बसेका थिए । प्रचण्डले त्यतिबेला नेम्वाङलाई प्रधानमन्त्रीबारे सोध्दा विधयेक फिर्ता गराउन क्याबिनेट बैठकमा रहेको सुनाएको खुलिसकेको छ । तर, त्यस दिन विधयेक फिर्ता नभई ओलीले प्रतिनिधिसभा नै बिघटन गराउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निवेदनका लागि निर्णय गराएका थिए ।



प्रतिक्रिया दिनुहोस्