Logo

गायक सर्जुन राईको ‘दैलो’ सार्वजनिक



काठमाडौं, २२ पुस । लोकप्रिय गायक सर्जुन राईको स्वरमा रहेको ‘दैलो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । लोकपप शैलीको यस गीतमा शब्द तथा संगीत बिश्वराज राई मास्टर मिक्सिङ रोमन बज्राचार्यको रहेको छ ।

गीतको म्युजिक भिडियोमा नग्मा श्रेष्ठ, रुपेश राई र सीता राईको अभिनय रहेको छ । खोटाङका रमणिय स्थानहरु रुपाकोट, बुइपा, लेक्पा, मुढे, नुनथला, अर्र्खौले र जयरामघाटका मनमोहक दृष्यहरु भिडियोमा देख्न सकिन्छ । भिडियोको निर्देशन तथा छायांकन अनिल के मानन्धरले गरेका छन् ।

भिडियोमा लाहुर गएको प्रेमिले आफ्नो प्रेमिकालाई कतिसम्म माया गर्छन् भन्ने कुरा देख्न सकिने निर्माणपक्षले बताएको छ । खोटाङ जन्मभर भई काठमाडौमा आफ्नो कर्मथलो बनाएका संघर्षशिल सर्जुन राइले यो गीतमार्फत दर्शकहरुको मन जित्ने विश्वास गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्