Logo

के २०२१ मा चीन र भारतबीचको तनाव कम हुन्छ ?



एजेन्सी, २२ पुस । चीन र भारतबीचको सीमा विवादलाई अन्त्य गर्न दुवै तर्फ अझै वार्ताहरु चलिरहेका छन् । सिमामा रहेको दूवै तर्फका सैनिकहरु पछि हटाउन विभिन्न स्तरमा वार्ता चलिरहेको हो । भारतले चाँडै सिमा विवाद अन्त्य गर्न इच्छुक रहेको ग्लोबल टाइम्सले लेखेको छ । तत्कालको स्थितिमा वातावरणका कारण भारतको सैनिकको उर्जा घटिरहेको र घरेलु स्रोत घट्दै गएको कारण भारत विवादलाई अन्त्य गर्न इच्छुक रहेको जनाइएको छ ।

कतिपय विज्ञहरुले भारतीय नागरिकको सीमा विवादप्रतिको बिचार २०२१ मा कोरोना विरुद्वको भ्याक्सिनले हटाउने ग्लोबल टाइम्सले लेखेको छ । तर, भारतीय नागरिकले चीनप्रतिको नाकारात्मक दृष्टिकोणलाई भने तत्काल नहटाउने जनाइएको छ । मोदी सरकारको नेतृत्वको कारण भारतीय नागरिकले चीनप्रति झन् नाकारात्मक सोच राखेको जनाइएको छ ।त र, उक्त सोच अगामी दिनमा केही हदसम्म कम हुने आँकलन ग्लोबल टाइम्सले लगाएको छ ।

चीनले आफ्नो विकासमा कुनै कसर नछोडेको र निरन्तर विकास उन्मुख भएको कारण भारतीय नागरिकको तवान अझ बढेको जनाइएको छ । यसै सन्दर्भमा इन्डियन एयर फोर्सको प्रमुख आरकेएस बदौरियाले डिसेम्बर १९मा भनेका थिए,‘चीन विश्व मै अग्रसरता लिइरहँदा भारत र चीन बीचको तनाव राम्रो हैन् ।’ भारतले सिमा विवाद भन्दा पनि तत्काल फैलिरहेको महामारीलाई नियन्त्रण गर्न आवश्यक रहेको र यसले आगमी दिनमा भारतको अर्थ व्यवस्थालाई यथास्थीतीमा ल्याउन सक्ने उल्लेख छ ।

मोदी सरकारले सिमा विवाद भन्दापनि भारतमा तत्काल चर्किरहेको किसानको विवाद र जग्गा वितरणमा केन्द्रित हुनु पर्ने तर्क गरिएको छ । ट्रम्पको कार्यकालमा भारत र अमेरिकाबीच प्रगाढ सम्बन्ध स्थापित भएको थियो । तर, बाइडेनको कार्यकालमा उक्त सम्बन्ध नहुन सक्ने ग्लोबल टाइम्सको दाबी छ । भारत र अमेरिकाबीचको सम्बन्धले सधै चीनलाई प्रोत्साहन गरिरहेको छ । तर, चीन र भारत बीचको विवादलाई भारत आत्मनिर्भर भइ निर्णय गरे तुरुन्तै हल हुन सक्ने जनाइएको छ । यसे बीच थुप्रै प्रश्नहरु ग्लोबल टाइम्सले औँल्याएको छ । के बाइडेनले भारतसितको सम्बन्धलाई निरन्तरता दिन्छन् ? के उनले इन्डिो प्यासिफिकमा भारतको प्रभुत्वलाई कायम गर्छन् ? सम्पूर्ण विषयलाई विशिङटनको धारणले निर्धारण गर्ने जनाइएको छ । यी सबै प्रश्नमा भारतले सोच पुर्याई अगामी कदम चाल्नु पर्ने ग्लोबल टाइम्सले लेखेको छ ।

भारतसंग बाईडेन सरकारले धार्मिक र मानव अधिकार सम्बन्धी मुद्दाहरुमा छलफल गर्ने जनाइएको छ । त्यसैगरी वाशिङटनले बेजिङ बलियो भएको समेत देख्न चाहन्न साथै उसले मोदी सरकारको हिन्दुत्वको नीति बनाउने विषयमा पनि सहमत नहुने ग्लोबल टाइम्सको तर्क छ ।

पाकिस्तान र अफगानिस्तनसितको अमेरिकी नितीले समेत अमेरिका र भारतको सम्बन्धलाई असर पार्ने उल्लेख छ । भारतले समेत चीनसितको सिमा विवादलाई शान्तिपूर्ण ढंगले हल गर्ने पक्षमा रहेको जनाइएको छ । विगत ६ महिनाको अन्तरालमा भारत बाहिरबाट बलियो देखिएपनि भित्रबाट कम्जोर भएको ग्लोबल टाइम्सले लेखेको छ । विश्व शक्ति बन्न भारतलाई परिपक्क निती बनाउने पर्ने जनाइएको छ । र, चीनसितको दुपक्षीय सम्बन्धलाई मजबुत बनाउँदै अगाडी लग्न आवश्यक रहको देखिएको छ । अन्तिममा चीन र भारत सिमा विवादको तनावमा निकै कमि आएको र आउने दिन यसले निरन्तरता पाउने आँकलन गरेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्