Logo

प्रधानमन्त्रीविरुद्ध सबै दलका नेताको एक मुख : संसद ब्यूत्याउँनुपर्छ



पुष २२, काठमाण्डौ । प्रधानमन्त्री ओलीले गरेको संसद बिघटन बिरुद्धको मोर्चाबन्दीमा दलहरु थपिने क्रम बढ्दै गईरहेको छ । छुट्टा–छुट्टै आन्दोलन गरीरहेका नेकपा दाहाल नेपाल समूह, नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका नेताहरु मात्रै होईन, नेकपा माओवादी क्रान्तिकारी, नेकपा मसाल, बिबेकशिल साझा पार्टी लगायतका दलका नेताहरुले धेरै समयपछि एउटै मञ्चमा उभिएर प्रधानमन्त्री ओलीको कदम असंबैधानिक भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहद्वारा बुधबार काठमाडौंमा आयोजित अन्तरपार्टी अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश दलका नेताहरुले प्रधानमन्त्री ओली बिरुद्ध बिष बमन गरेका छन् । बिभिन्न राजनीतिक दलका नेताहरुले प्रधानमन्त्री ओलीको असंबैधानिक कदमका बिरुद्ध एकजुट हुनुपर्ने बताएका छन् । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले संसद विघटनको निर्णय व्यवस्था विरुद्धको कदम भएको बताउँदै संसद विघटनले नेकपा मात्रै नभएर देशै सिध्याइदिने कदम भएको बताए ।

जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीले संविधानभन्दा माथिबाट समग्र व्यवस्थालाई नै ‘कू’ गरेको आरोप लगाए । पूर्वप्रधानमन्त्री भट्टराईले दुईतिहाइ बहुमतको सरकार चलाउन नसक्ने मान्छेले चुनाव गराउँछ भन्ने भ्रममा नपर्न पनि आग्रह गरेका छन् ।

त्यसैगरी कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना गर्दै ओली पनि छिट्टै विदा हुने बताए । उनले उनले संसारका निरङ्कुश शासकहरु मध्ये ओली पनि एक भएको बताए ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफुहरु सधैभरी अग्रगमनको पक्षमा रहने बताएका छन् । बुधवार बानेश्वरमा आयोजित प्रचण्ड नेपाल समूहको छलफल कार्यक्रममा उनले प्रतिगमनको पक्षमा नजाने बताए । तर उनले संसद विघटन कदममा अदालतप्रति भरोसा नभएको बताए ।

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्रीले संविधान कुल्चिएको अवस्थामा सभामुखले म संविधानको पालना गर्छु भनेर प्रतिनिधिसभा बैठक बोलाएर अविश्वासको प्रस्तावमा छलफल गराउनु उपर्युक्त हुने बताए ।

पहिलो पटक खुलेर अन्तरक्रियामा सहभागी भएका नेकपा मसालमा महासचिव मोहनविक्रम सिंह, नेकपा माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेललगायतले पनि संसद बिघटन असंबैधानिक कदम भएकाले सबै यसका बिरुद्ध संघर्षमा उत्रनुपर्ने बताए ।

पछिल्ला दिनहरुमा संसद विघटनविरुघ एकजुट भएका छन् । तर आन्दोलनका कार्यक्रम भने फरक फरक तरिकाले घोषणा गरिरहेका छन् । यद्यपी प्रधानमनत्रीमाथि भने चौतर्फी दबाब सृजना गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्