Logo

के सकिएकै हो त साम्राज्ञी र देवाशंको प्रेम ?



काठमाडौं, २४ पुस । फिल्मी कलाकारको प्रेम जुट्नु र टुट्नु आश्चर्यको कुरा होइन । कलाकारहरुको महिनैपिच्छे अफेयर र बे्रकअपको खबर बाहिरने गर्छन् । फिल्म मारुनीको घोषणाको कार्यक्रममा प्रेमी देवाशं राणाको हात समातेर अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह पुगेकी थिइन् । तर हाल भने उनीहरुबीच प्रेम सम्बन्ध टुटेको प्रमाणहरु फेला परेका छन् ।

साम्राज्ञीले फेसबुक र इन्स्टाग्रामबाट देवाशं राणासँगका सबै फोटोहरु हटाएपछि उनीहरु अलग भएको खबर आएको हो । २ महिना यता देवाशंले पनि सामाजिक सञ्जालबाट साम्राज्ञीसँगको कुनै पनि फोटो राखेका छैनन् । सामाजिक सञ्जालबाट यी दुवैले फोटो हटाएपछि प्रेम सम्बन्ध टुटेको सजिलै अनुमान लगाउन सकिन्छ । पहिला–पहिला देवाशं साम्राज्ञीसँग इन्स्टाग्रामको स्टोरीमा देखा पर्दै आएपनि हाल भने देवाशं विछोडको पिडा भुलाउनलाई नेपालगञ्ज पुगेको जानकारहरु बताउछन् ।

साम्राज्ञीले आफ्नी आमा नेहा राणाले गाएको गीतको भिडियोमा समेत देवाशंसँग रोमान्स गरेकी थिइन् । उनीहरुलाई दुवैपरिवारले विवाह गर्ने अनुमति दिएको खबर समेत आएको थियो । केही वर्षपछि विवाह गर्ने योजनामा भएका यी जोडीको के कारणले प्रेम सम्बन्ध टुट्यो त्यसको बारेमा भने अहिलेसम्म केही जानकारी आएको छैन् ।



प्रतिक्रिया दिनुहोस्