Logo

लकडाउनपछि शेयर र घरजग्गामा लगानी गर्ने बढे



काठमाडौं, २४ पुस । लकडाउनपछि शेयर र घरजग्गामा लगानीकर्ता अत्यधिक आकर्षित भएका छन् । शेयर बजार उकालो लागेसँगै शेयरमा लगानीकर्ताको सख्या ह्वात्तै बढेको हो ।

त्यसैगरी महामारी नसकिदै घरजग्गाको कारोबार पनि बृद्धि भएको छ । मंसिर महिनामा मात्रै बैंक तथा वित्तीय सस्थाहरुले ६ अर्ब भन्दा धेरैको कारोबार गरेका छन् भने घरजग्गामा मात्र ३ अर्ब ६४ करोड भन्दा धेरै लगानी गरेको राष्ट्र बैैकले तथ्यांकमा उल्लेख गरेको छ ।

लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट दिनहुँ २२ करोड रुपैयाँ शेयर धितोमा ऋण लिएका छन् भने घरजग्गामा दैनिक १२ करोड भन्दा धेरै लगानी भइरहेको जनाएको छ । लगानी गर्नेमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्सहरु रहेका छन् ।

पछिल्लो समय शेयर कारोबारमा सुचिकृत कम्पनीबाट लगानीकर्ताले १० प्रतिशत भन्दा धेरै लाभांश प्राप्त गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्