Logo

ओलीको साइबर सेनाले ममाथि आक्रमण गर्यो : भीम रावल



पुष २४, काठमाण्डौ । नेकपा प्रचण्ड–नेपाल पक्षका नेता भीम रावलले पार्टी विभाजन गर्ने मुख्य व्यक्ति प्रधानमन्त्री केपी ओली भएको आरोप लगाएका छन् । शुक्रबार अछाम काठमाडौं सम्पर्क मञ्चले गरेको बृहत कार्यकता भेलामा आफ्नो पद जान लाग्यो भनेर ओलीले पार्टी बिभाजन गरेको आरोप लगाए ।

ओलीले झुटा र भ्रष्टाचारीलाई संरक्षण दिएको समेत रावलको भनाई छ । रअका प्रमुखसंग मध्यरातमा भेटर प्रधानमन्त्री ओली घोषणा पत्र र पार्टीबाट भागेको रावलले बताए । ओलीले प्रचण्डलाई हेग पठाउछु भन्दै आएको पनि रावलले बताए । प्रधानमन्त्री ओलीलाई नै हेग पठाउनुपर्ने रावलको भनाई छ ।

फरक प्रसंगमा रावलले सुदुरपश्चिम कमिटीको खाता हिनामिना गरेको आरोप लगाएरु केपी ओलीको साइबर सेनाले आफुलाई बदनाम गराउन लगाएको बताए । ३० लाख रुपैया दुरुपयोग नहोस् भनेर खाता व्यवस्थीत गर्दा आफुलाई नियोजित आरोप लगाइएको उनको भनाई छ ।

आफुले सदैव राजनीतिक भाषा प्रयोग गर्दै आएको भन्दै प्रधानमन्त्रीको किड्नीका बारेमा आफुमाथि लगाइएको आरोप पनि प्रायोजित रुपमा ओलीको साइबरसेनाले लगाएको स्पष्ट पारेका छन् ।



प्रतिक्रिया दिनुहोस्