Logo

आज बुध, वृहस्पती र शनि ग्रहको एकैपटक तेब्बर संयोजन



आज गोधुली साँझमा बुध, वृहस्पती र शनि ग्रहको एकैपटक तेब्बर संयोजन हुनेछ । आज आकाशमा यी तीनवटा ग्रह मिलेर चम्किलो त्रिभुज बनाउनेछन् । पहिले वृहस्पति र शनि ग्रह क्यानोड्लिङ् लाइनबाट आकाशमा ठूलो संयोजन गर्नेछन् र त्यही समयमा बुध ग्रहलाई आमन्त्रित गर्नेछन् ।

स्पेस.कमका अनुसार यी तीनवटा ग्रहले सानो र सफा त्रिभुज पश्चिम– दक्षिणी पश्चिम आकाशमा बनाउनेछन् र यो सुर्यास्तपछि साँझको समयमा ३० मिनेट देखी ४५ मिनेट सम्म देखा पर्नेछ । वृहस्पती ग्रह त्रिभुजको टुप्पोमा देखिनेछ । बुध ग्रह वृहस्पती भन्दा साढे दुई गुणा बढी चम्किनेछ भने शनि ग्रह दस गुणा बढी चम्किनेछ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्