Logo

सशस्त्र प्रहरीद्धारा चोरीपैठारीको लत्ताकपडा बरामद



सिरहा, २७ पुस । सशस्त्र प्रहरी बलको टोलीले चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।  सिरहा नगरपालिका १७ स्थित सीमा ईलाकाबाट आइतबार सशस्त्रको टोलीले करीव तीन लाख ३३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको जनाएको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मार्डरबाट खटिएको सशस्त्रको टोलीले बरामद गरेको हो ।

बरामद लत्ताकपडा भन्सार कार्यालय मार्डर सिरहामा बुझाएको प्रहरीले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्