Logo

अदालतले संसद बिघटनको विपक्षमा फैसला गर्ने नारायणकाजी श्रेष्ठको दाबी (भिडियोसहित)



काठमाडौं, २७ पौष । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद बिघटन गर्ने कदमको विपक्षमा सर्वोच्च अदालतले फैसला गर्ने दाबी गरेका छन् । संसद बिघटन संविधानसम्मत हो भनी कसैले दाबी गर्न नसक्ने भएकाले पुनःस्थापना हुने दाबी गरेका हुन् ।

‘विश्वको कसैले पनि यो संविधान अनुसार प्रधानमन्त्रीले प्रतिनिधिसभा बिघटन गर्नु संवैधानिक भन्न सक्दैन,’ श्रेष्ठले ऋषि धमलासँग प्राइम टाइम्स टेलिभिजनमा ऋषि धमलासँग भने,‘ओलीसँग भएका सुवास नेम्वाङ देखि महान्यायधिवक्ता अग्नि खरेलले पनि यसलाई संवैधानिक भन्न सक्नुहुन्न ।’

श्रेष्ठले प्रधानमन्त्री ओलीले संसद बिघटनलाई संवैधानिक भनी दाबी गर्नुलाई गलत भने । उनले संविधान राम्ररी पढ्न समेत ओलीलाई सुझाव दिए ।



प्रतिक्रिया दिनुहोस्