Logo

डाक्टरहरुले मानिसको नाडी जाँच गर्दा संगीत सुनेपछि…



जब मानिसको नाडी चेकजाँच गर्दा डाक्टरहरुले ठुलो र सफा आवाजमा संगीत सुने । उनीहरुले आफूलाई विश्वास नै गर्न सकेनन् ।

द न्यू इङ्ग्ल्याण्ड जर्नल अफ मेडिसीन पत्रिकामा प्रकाशित भएअनुसार, एक ६५ वर्ष उमेरका वृद्ध नितम्ब अव्यवस्थित भएको अनुभव गरी उपचारका लागी अस्पताल पुगे । उनले पहिले पनि हिप–स्थानान्तरण सर्जरी गरिसकेका रहेछन् ।

उक्त मानिसलाई डाक्टरले अस्पतालको विस्तारामा पल्टाए र डप्लर अल्ट्रासाउण्ड उपकरणको प्रयोग गरेर उनको खुट्टाको नाडी जाँचे तर अचम्मको कुरा त्यसबेला उनीहरुले उक्त मानिसको मुटुको धड्कन बाहेक उपकरणको स्पिकरबाट संगीत सुने । जब डप्लर उक्त मानिसको खुट्टामा राखिन्थ्यो तब मात्र डप्लरबाट संगीत बजेको सुनिन्थ्यो तर अरु मानिसबाट यस्तो खालको कुनैपनि आवाज सुनिदैनथ्यो । उनीहरुले उक्त उपकरण अस्पतालको इन्जिनियरीङ विभागमा लगेर चेक गरे तर त्यो सही नै थियो ।

डाक्टरहरुले उक्त केसमा रिसर्च गर्दा बिरामीको कृत्रिम हिपहरुबाट आएको आवाज नै डप्लर अल्ट्रासाउण्ड उपकरणबाट सुनिएको अनुमान लगाए र यो पनि अनुमान गरे की उक्त आवाज उपकरणले कोठामा भएको अन्य वस्तुहरुबाट (जस्तैः बिरामीको विस्तारा) ग्रहण गरेको हुनसक्छ । ८ महिना पछि बिरामी ठीक भए । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्