Logo

स्रोत नखुलेको ३७ लाख नगदसहित एक पक्राउ



काठमाडौं, पुस २८ । प्रहरीले स्रोत नखुलेको ३७ लाख रुपैयाँ नगदसहित एकजनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले चितवनबाट काठमाडौँ आउँदै गरेको बा३ख ९१३९ नंको हाइस गाडीमा चितवन माडीका २६ वर्षीय रामकुमार गुरुङलाई सोमबार पक्राउ गरेको हो। झोलामा लुकाएर ल्याएको नगद र चेकबुकसहित गुरुङलाई पक्राउ गरेको हो।

पक्राउ गुरुङसँग प्रहरीले ३७ लाख नगद, सात लाख ११ हजार रुपैयाँको ग्लोबल आइएमई बैंकको एक थान चेक बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। पक्राउ परेका गुरुङसँग प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। रासस



प्रतिक्रिया दिनुहोस्