Logo

सगरमाथा साहित्य प्रतिष्ठानको पुरस्कार र कविता संग्रहको बिमोचन सम्पन्न



काठमाडौं, २८ पुस । सगरमाथा साहित्य प्रतिष्ठान नेपालले गत बर्ष आयोजना गरेको बिश्वब्यापी नेपाली कविता प्रतियोगिताका सर्बोत्कृष्ट कविलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ । हिजो पोखरामा आयोजित एक विशेष समारोहमा सर्बोत्कृष्ट भएका रौतहटका मनोज बिश्वकर्मालाई नगद ५५ हजार ५ सय ५५ रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको हो ।

कार्यक्रममा प्रतियोगिताका उत्कृष्ट दस कविलाई उत्कृष्टताको प्रमाणपत्र प्रदान गरिएको थियो । सर्बोत्कृष्ट कवि, उत्कृष्ट कविहरु, शिव त्रिपाठी, आवाज शर्मा लगायत एक दर्जन अतिथी कविहरुले कार्यक्रममा कविता वाचन पनि गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी डा. योगि विकाशानन्द, विशिष्ट अतिथिद्वय प्राज्ञहरु बरिष्ठ गायिका तथा कवि हरिदेवी कोइराला र बिम्ब कवि रमेश श्रेष्ठ एबम् प्रतिष्ठानका पदधिकारीहरुले प्रतियोगिताका चानिएका कविताहरुको संग्रह “कविताहरुको सगरमाथा“ को संयुक्त विमोचन गरेका थिए ।

सगरमाथा साहित्य प्रतिष्ठान नेपाल गन्डकी शाखाको आयोजनामा भएको उक्त कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष अमन एकल, महासचिब शाश्वत गोबिन्द ढुंगाना, संस्थापक जिपि तिवारी लगायतले बोलेका थिए । कार्यक्रममा स्वागत मन्तब्य गन्डकी शाखाकी उपाध्यक्ष छन्दिका त्रिपाठी र सन्चालन सचिब लिली अधिकारिले गरेका थिए । कार्यक्रमको सभापतित्व गण्डकी शाखाका अध्यक्ष शम्भु अर्यालले गरेका थिए । कार्यक्रममा करिब डेढसय लेखक साहित्यकारहरुको उपस्थिती थियो ।

पुरस्कार वितरण र पुस्तक विमोचन कार्यक्रमको संयोजक केन्द्रीय सचिब अजित क्षेत्री रहेका थिए । कार्यक्रमको लाईभ प्रसारण पोखराको एभरेस्ट एफएमले गरेको थियो भने युट्युब च्यानल र फेसबुक पेजबाट पनि कार्यक्रम अवधिभरी लाईभ प्रसारण गरिएको थियो ।

कार्यक्रममा बिशिष्ठ अतिथिद्वय हरिदेवी कोइराला र रमेश श्रेष्ठलाई सम्मानस्वरुप संस्थाको आजिवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

पोखरा लगायत अन्य ठाउँमा पुरस्कृत ब्यक्तित्व र अतिथिहरुलाई खादा, मालाले सम्मान गर्ने प्रचलन भए पनि यश कार्यक्रममा केही नौलो प्रयोग गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथी डा योगि विकाशानन्दलाई दोसल्ला र रुद्राक्ष र मन्चाशिन ब्यक्तित्व र सम्मानित कवितहरुलाई रुद्राक्ष माला पहिराईएको थियो ।

कार्यक्रममा कास्की, तनहुँ, स्याङ्जा, पर्वत, पाल्पा, अर्घाखाँची, लमजुङ, बाँके, चितवन, नवलपरासि, झापा, लगायतका जिल्लाका बीस भन्दा बढी साहित्यिक संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

सगरमाथा साहित्य प्रतिष्ठान नेपालको केन्द्रीय कार्यालय संयुक्त अरब इमिरेट्समा रहेको छ भने यसका केन्द्रीय अध्यक्ष कृष्ण बिश्वकर्मा हुन् । २०६९ सालमा गठन भएको यस संस्थाले बिगतका केही बर्षयता बर्सेनि विभिन्न बिधामा अन्तर्राष्ट्रिय प्रतियोगिता र पुस्तक प्रकाशन गर्दै आईरहेको छ । (अजित क्षेत्री)



प्रतिक्रिया दिनुहोस्