Logo

पोर्नहबमा नेपाली किशोरी



काठमाडौं, २८ पुस । भायनेट कम्युनिकेसमा देशका अब्बल इन्जिनियरहरु कार्यरत छन् । तर, त्यही कम्पनीमा केही महिनाअघि ह्याकरले आक्रमण गरे । ह्याकरहरुले सो कम्पनीका सबै ग्राहकहरुको विवरण सामाजिक सञ्जालमै सार्र्वजनिक गरिदिए ।

यसमा ठूला ह्याकर समूहको संलग्नताको आशंका गरिएको थियो । तर, प्रहरी अनुसन्धानमा फरक देखियो । बुटवलका एक १७ वर्षीय युवकले त्यसरी ह्याकिङ गरेको प्रहरीको साइबर ब्यूरोले आइतबार प्रष्ट पारेको छ ।

यो घटना मात्र होइन, नेपालमा धेरै जसो साइबर अपराधका घटनामा यस्तै कलिला उमेरका युवाहरु संलग्न हुने गरेका छन् । फुच्चे ह्याकरबाट प्रहरी हैरान भएको छ ।

एक महिनाअघि विभिन्न सरकारी वेभसाइडमा आक्रमण गर्ने नवलपरासी पश्चिम सुनवल घर भई काठमाडौं बस्ने १९ वर्षीय दिनेश तिवारीलाई पक्राउ गरेको थियो । सोही समूहका २५ वषिय विवेक महर्जन र १७ वर्षीय युवकलाई ह्याकर्स हन्ट अभियान चलाएर ब्यूरोले गत महिना पक्राउ गरेको थियो ।

मानवजीवनमा प्रविधि जति प्रिय छ, त्यतिकै जोखिमपूर्ण पनि बन्दै गइरहेको छ । प्रविधिको प्रयोग गर्न नजान्दा धेरै बर्बाद पनि भइरहेका छन् । प्रविधिबाट हुने अपराधमा नेपाल प्रहरीमा दैनिक २० भन्दा धेरै उजुरी पर्दछन् । सामान्य मान्छे मात्र होइन ठूला कम्पनी समेत साइबर सम्बन्धि अपराधबाट पीडित हुने क्रम बढ्दो छ । रमाइलो त के छ भने धेरैजसो यस्ता घटनामा भर्खरका युवाहरु संलग्न हुने गरेका छन् । धेरै जसो १७/१८ वर्ष उमेर समूहका रहेको नेपाल प्रहरीको साइबर ब्यूरोको तथ्याङक छ ।

टिकटकदेखि इन्टासम्म

टिकटकमा चर्चित रहेकी भक्तपुरकी निकिशा श्रेष्ठलाई बाटोमा हिडिरहेको अवस्थामा दुव्र्यवहार गर्दै भिडियो खिचेर गत कात्तिकमा सामाजिक सञ्जालमा सार्वजनिक गरियो । सामाजिक सञ्जालमार्फत प्रहरीले उजुरी लिएर अनुसन्धान गरी मंसिरको पहिलो सातो प्रहरीले त्यसमा संलग्नललाई पक्राउ ग¥यो । पक्राउ परेकामध्ये दुई जना १७ वर्ष र एक जना १८ वर्षका युवा थिए ।

फेसबुकमा बलात्कारी संगठन नामक ‘गु्रप’ बनाएर केही युवकले बलात्कारलाई प्रोत्साहन गर्ने खालका सामग्री पोष्टहरु गरे । नेपाल प्रहरीमा त्यसबारे अनुसन्धान गरी दुई युवकलाई पक्राउ ग¥यो । अनुसन्धानका क्रममा उनीहरु १७÷१८ वर्षका युवा थिए । रमाइलोका लागि भन्दै फेसबुकमा त्यस्तो समूह बनाएका उनीहरु पक्राउ मात्र परेरन, अदालतले उनीहरुलाई थुनामा राख्ने आदेश समेत दिएको छ ।

पब्जी खेलका इसेवाबाट ठगी गर्ने पाँच युवालाई दुई महिनाअघि प्रहरीले पक्राउ ग¥यो । पब्जी खेलमा ‘क्वाइन’ मिलाइदिने भन्दै कसैसँग एक सय, कसैसँग दुई सय रुपैयाँ ठग्ने गरेको प्रहरीले जनाएको छ ।

इन्टाग्राममा सन्ध्या क्वीन नामक एक अकाउन्टमा अश्लील भिडियोहरु पोष्ट हुने गरेको थाहा पाएपछि प्रहरीले अनुसन्धान गर्दा ती युवाले आफ्नै ‘पोर्न भिडियो’ पोर्नहबमा अपलोड गरेर पैसा कमाउने धन्दामा लागेको खुल्यो । पोर्नहबमा १६ लाख जनाले हेरेको सो भिडियो र इन्टाग्राम अकान्उट प्रहरीले बन्द गराएको छ । यी सबै घटना कलिला युवाहरु संलग्न छन् । साइबर अपराधका धेरै जसो घटनामा १८ वर्षभन्दा कम उमेरका युवाको सलग्नता बढेको नेपाल प्रहरीको साइबर ब्यूरोमा कार्यरत प्रहरी उपरीक्षक पशुपति राय बताउँछन् । उनीहरुमाथि अभिभावकको निगरानी नहुने यसको प्रमुख कारण भएको उनको भनाई छ । सामाजिक सञ्जालमा प्रतिशोध लिने घटनादेखि ठगीसम्मका उनीहरुको संलग्नता देखिएको छ । कतिपयले भने अश्लील सामाग्री पोष्ट गर्ने गतिविधिमा पनि देखिएका छन् ।

भक्तपुरकी निकिशा श्रेष्ठ सामाजिक सञ्जाल टिकटकमा चर्चित छिन् । उनलाई बाटोमा हिडिरेहेको देखेपछि तीन युवकले अभद्र व्यवहार गरी भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । त्यसमा संलग्न १८ वर्षीय सफिल भनिने रोहित खत्री तथा १७ वर्षीय विशेष श्रेष्ठ, रितेश लाखेलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । रमाइलोका लागि आफूहरुले यस्तो गरेको उनीहरुले बताएका छन् । यस्तो गर्नु अपराध हो भन्ने जानकारी नभएको उनीहरुको भनाइ छ ।

बलात्कारी समूह चलाउने चार जनामध्ये तीन जना १८ वर्ष भन्दा कम उमेरका छन् । जसमध्ये दुई पक्राउ परेकोमा दुई जना फरार छन् । कलेज पढ्दै गरेका उनीहरुले रमाइलोका लागि यस्तो समूह बनाएको र यो गम्भीर अपराध हो भन्ने थाहा नभएको बताएका छन् । इन्टरनेटमार्फत चिनजान गरी विभिन्न बहानामा पैसा मागेर ठगी गर्ने गतिविधि पनि बढेको प्रहरीले जनाएको छ ।

पोर्नहबमा नेपाली किशोरी

विश्वमै धेरै हेरिने ‘पोर्नसाइट’ पोर्नहबमा नेपाली युवतीहरुले भिडियोहरु राख्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । पैसा कमाउनकै लागि कतिपय यस्तो गतिविधिमा देखिएका छन् ।

इन्स्टाग्राममार्फत उनीहरुले प्रचार समेत गर्दै आएका थिए । सन्धा क्वीन नामक यस्तै इन्टाग्राम अकाउन्ट बन्द गरेर प्रहरीले पोर्नहबबाट उनीहरुको भिडियो समेत डिलिट गराएको थियो । तर, उनीहरुले नयाँ अकाउन्टबाट यस्ता गतिविधि जारी राखेको प्रहरीले जनाएको छ । ‘नेपाली युवाहरुलाई लक्षित गरी यस्ता भिडियोहरु राखिएको अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारी बताउँछन् । ‘कतिसम्म भने पछि न्यूड च्याट गर्न इसेवामा पैसा हाल्न लगाउने किसिमको गतिविधि समेत देखियो,’ ती प्रहरी अधिकारीले भने । यसमा धेरै जसो १७÷१८ वर्ष उमेरका युवतीहरु नै देखिएका छन् ।

। एसपी राय भन्छन्,‘यसमा किशोर किशोरी भन्दा अभिभावक धेरै जिम्मेवार छन् । इन्टरनेटमा छोरा छोरी के हेरिरहेका छन्, के गरिरहेका छन् भन्ने अभिभावकलाई थाहै हुन्न । सेफ इन्टरनेट तथा चाइल्ट इन्टरनेटको मात्र बालबालिकालाई प्रयोग गर्न दिनुपर्छ । धेरै अभिभावकलाई यसबारे जानकारी नभएको पनि हुनसक्छ । इन्टरनेटमा के गर्नु अपराध हो भन्ने जानकारी छैन । भर्खरका रमाइलोका लागि भन्दै कलिला केटाहरु फेसबुक बलात्कारी समूह बनाएर बलात्कार गर्न उस्काइरहेका छन् । कतिपय इन्टरनेटबाटै ठगीको धन्दामा लागेका छन् ।’

सामाजिक सञ्जालमा रिभेन्स पोर्न

नेपालमा रिभेन्ज पोर्न अर्थात् नग्न भिडियो तथा फोटो सार्वजनिक गरेर बदला लिने अपराध पनि देखिन थालेको छ । यसमा पनि किशोर किशोरी नै धेरै देखिएका छन् ।

नक्कली फेसबुक अकाउन्ट बनाएर गोप्य फोटो सार्वजनिक गर्ने तथा अश्लील साइटहरुमा हाल्ने समेतका गतिविधि देखिएका छन् । गत २८ असारमा गोंगुबका सुजन श्रेष्ठलाई साइबर ब्यूरोले पक्राउ गरेको थियो । उनले १७ वर्षीया एक किशोरीको गोप्य भिडियो ब्लुसंसार नामक वेभसाइड बनाई अपलोड गरेको खुलेका थियो । सामाजिक सञ्जालका विभिन्न समूह बनाएर रिभेन्ज पोर्नका गतिविधि देखिएपछि प्रहरीले निगरानी गरी त्यस्ता समूह बन्द गराउँदै आएको छ ।

त्यस्तै उच्च पदस्थ व्यक्तिहरुको फोटो बिगारेर सामाजिक सञ्जालमा हाल्ने, फेसबुक अकाउन्ट ह्याक गर्ने जस्ता घटनामा पनि किशोर किशोरीकै संलग्नता देखिएको छ ।

कसैसँग रिस उठेमा नक्कली फेसबुक अकान्उट बनाउने र नागों फोटोमा अन्य व्यक्तिको टाउको जोडेर सामाजिक सञ्जालमा राख्नेहरु पनि बारम्बार पक्राउ पर्दै आएका छन् । नेपाली कलाकारहरुलाई सताउँदै आएका अछामका किरण बुढालाई प्रहरीले २९ असोजमा पक्राउ गरेको थियो । सामाजिक सञ्जालसम्बन्धि प्रष्ट कानूनको अभाव तथा नयाँ पुस्तामा यसको प्रयोगबारे शिक्षाको अभावले उनीहरु यस्ता अपराधतर्फ लागेको प्रहरीको निष्कर्ष छ । अबका दिनमा यस्ता अपराध अझै बढ्न सक्ने भएकाले नेपालमा प्रयोग हुने सामाजिक सञ्जालसम्बन्धि साइट तथा एपहरुलाई नेपाल सरकारले अनुमति दिनुपर्ने व्यवस्था जरुरी भएको प्रहरी अधिकारीहरुको भनाइ छ । मुख्य विषय चाँही प्रविधि चलाउनेहरु सुरक्षाको विषयमा पनि सचेत हुन जरुरी देखिएको छ ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्