Logo

राजा फर्काउने अभियानमा मौसमी देखि राजाराम पौडेलसम्म (भिडियोसहित)



काठमाडौं, २८ पौष । राजावादीहरुको सक्रियता बढ्दै छ । उनीहरुले सडक हुँदै गीत संगितका क्षेत्रबाट समेत अभियान चलाएका छन् ।

नाम चलेका कलाकारहरुले फर्क राजा फर्क गीतमा अभिनय गरेपछि तरंग आएको छ । गीतमा कुनैबेला निकै चलेकी नायिका मौसमी मल्ल देखि हाँस्यकलाकार राजाराम पौडेलले समेत अभिनय गरेका छन् । रमा थपलिया, गोविन्द राई, मानसिंह खड्का, मुना श्रेष्ठ, रामकाजी रोकालगायतले अभिनय गरेका छन् ।

गीतमा तृप्ती खड्का, कृष्ण केसी, दिपिका बयम्बु, सुर्य विनायक, कालिका रोका, मोहन केसी, मिना अधिकारी, कुशल बेल्बासे, अनुजा पुडासैनी, अर्जुन खड्काले स्वर दिएका छन् । अर्जुन खड्काको शब्द र केशब बडुको संगित संयोजन रहेको छ । गीतको परिकल्पना सन्तोष राजावादीले गरेका छन् । निर्देशन प्रकाश भट्टले गरेका छन् ।

गीतमा राजावादीको मोटरसाइकल र्याली देखि विभिन्न गतिविधिहरु देखाइएको छ ।



प्रतिक्रिया दिनुहोस्