Logo

एआइजी विश्वराज पोखरेललाई प्रहरीको निर्वाचन सुरक्षा परिचालन टोलीको कमाण्ड



काठमाडौं, २८ पौष । नेपाल प्रहरीले निर्वाचन सुरक्षा परिचालन टोली गठन गरेको छ । ३७ सदस्यीय टोलीको कमाण्ड एआइजी विश्वराज पोखरेलले सम्हाल्ने भएका छन् ।

प्रहरी प्रधान कार्यालयले आज गठन गरेको टोलीमा डिआइजीहरु दिवेश लोहनी र सुनिलकुमार श्रेष्ठसहित प्रहरी अधिकृतहरु रहेका छन् । एक महिना अगाडि एआइजीमा बढुवा भएका पोखरेललाई निर्वाचन परिचालन टोलीको कमाण्डको जिम्मेवारी दिनुलाई अर्थपूर्ण मानिएको छ । उनले अघिल्लो ब्याचीका प्रहरी अधिकृतहरुलाई डिआइजी र एआइजी बढुवा दुवैमा उछिनेका थिए ।

सरकारले १७ र २७ वैशाखमा दुई चरण गरी मध्यावधि निर्वाचन घोषणा गरेको छ । सरकारले सुरक्षा निकायलाई आफ्नो जिम्मेवारीमा अगाडि बढ्न निर्देशन दिइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्