Logo

गौरिका र मन्डेकाजी वर्षका उत्कृष्ट खेलाडी, कुन विधामा कस्लाई उपाधि



काठमाडौं, २८ पौष । यस वर्षको उत्कृष्ट महिला खेलाडीको उपाधि गौरिका सिंहले र पुरुष खेलाडीको उपाधि मन्डेकाजीले जितेका छन् । मङ्गलबार आयोजना भएको १७ औं एनएनजेएफ पल्सर स्पोर्टर्स अवार्डमा सिंह र मन्डेकाजीले उक्त उपाधि जितेका हुन् ।

गौरिकाले १३ औं सागमा ४ स्वर्ण, २ रजत र ३ काँस्य जितेर इतिहास रचेकी थिइन् । उनले १५० सीसीको पल्सर मोटरसाइकल जितिन् । तेक्वान्दोकी आयशा शाक्य, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, कराँतेकी अनु अधिकारी र ट्रायथोलनकी सोनी गुरुङ मनोनयमा परेका थिए ।

भलिबलकी अरुणा शाहीले पिपुल्स च्वाइस अवार्ड जितेकी छिन् । उनी राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान हुन् ।

आयशा शाक्य र सन्तोषी श्रेष्ठले स्पेसपल्सन स्पोर्टर्स अवार्ड जितेका छन् ।

पारा एथ्लिट अवार्ड दिगमसिंह चेम्जोङले जितेका छन् ।

गल्फका सुवास तामाङ उत्कृष्ट युवा खेलाडी बनेका छन् । उनले साग खेलकुदमा दुई स्वर्ण जतेका थिए ।

तेक्वान्दो प्रशिक्षक नवीनकुमार श्रेष्ठ वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । १३ औं सागमा उनले १२ स्वर्ण जितेका थिए ।

टेबल टेनिसका गीता क्षेत्री र सिजरिन शाहलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्