Logo

‘कानुनमाथि केपी ओली पो रहेछन्’



काठमाडौं, पुस २९ । ‘वुमन इन पोलिटिक्स’ लेखिएको टिसर्ट लगाएर मंगलबार युवतीहरूको एक समूहले फ्ल्यास मोब गरिरहेको थियो । फ्ल्यास मोब गरिरहेको उनीहरू भनिरहेका थिए, ‘कानुनमाथि को रहेछन् रु केपी ओली पो रहेछन् ।’ उनीहरूले फ्ल्यास मोब गरिरहँदा राजधानीको प्रज्ञा प्रतिष्ठानस्थित डबलीमा उपस्थित भएका सर्वसाधारणले ताली बजाएर साथ दिइरहेका थिए । मंगलबार बृहत् नागरिक आन्दोलनले आयोजना गरेको प्रतिगमनविरुद्ध कला प्रदर्शनसहितको नागरिक विरोध सभाअन्तर्गत उनीहरू फ्ल्यास मोब प्रस्तुति दिएका थिए ।

बृहत् नागरिक आन्दोलनका अभियन्ताहरूले पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सो कार्यलाई असंवैधानिक र प्रतिगमन भन्दै चरणवद्ध आन्दोलन गरिरहेका छन् । डबलीमा आयोजित सभामा वक्ताहरूले प्रतिनिधि सभा विघटन असंवैधानिक र प्रतिगामी कदम भएकोमा चर्को विरोध गरेका थिए । सो सभामा बृहत् नागरिक आन्दोलनका अगुवा नारायण वाग्ले प्रतिगतनविरुद्ध चाँडै प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्ने घोषणा गरेका थिए । ‘मोर्चा यति बलियो भयो कि नागरिक आन्दोलनले राजनीतिक दलको औंला समातेर दिग्दर्शन गरेको हो,’ उनले भने, ‘संविधानमाथि प्रतिगमन हुँदा प्रतिपक्षी प्रधानमन्त्री ओलीको औंला समातेर हिँडिरहेको छ । त्यसकारण नागरिक आन्दोलनले पुनः बाटो देखाउन जरुरी छ ।’

उनले पीडित भनिएको पक्षले कुर्सीको कोण नमिलेको भनेर जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई खल्बल्याउन नमिल्ने तर्क गरेका थिए । ‘केका लागि चुनाव ?,’ उनले प्रश्न गरे, ‘संविधान तोडफोड गरेको चुनाव रु चुनाव भयो भने के हुन्छ भने अविश्वास प्रस्ताव लैजान पाउन्न । संविधानको सुरक्षा सर्त पहिलो हो । यो तरिकाले चुनाव गरे प्रधानमन्त्रीलाई श्रीपेचसहितको व्यवस्था गरिदिए पनि हुन्छ ।

अहिलेको चुनाव मानेर जाने र न्यायलयले लत्तो छोड्ने हो भने भोलि हुने चुनावमार्फत् प्रधानमन्त्री हुने भनेको श्रीपेचसहितको हो । त्यसकारण नागरिक आन्दोलन हो ।’ उनले ०६२र६३ को जनआन्दोलनका नागरिक आन्दोलनका अगुवा देवेन्द्रराज पाण्डेले ०६२/६३ को नागरिक आन्दोलनबाट बचेको २० हजार ५६ रुपैयाँ नागरिक आन्दोलनका लागि नासोका रूपमा उपलब्ध गराएको जानकारी दिएका थिए ।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्