Logo

द्वन्द्वले विस्थापित कंगोली जनताको बासस्थान निर्माणमा जुट्दै नेपाली सेना



काठमाडौं, २९ पुस । नेपाली सेनाको इन्जिनियर कम्पनीले अफ्रिकी राष्ट्र कङ्गोमा ठुलो संख्यामा विस्थापित भएका द्वन्द्व पिडितहरुको लागि छोटो अवधिमा सुरक्षित आवासको निर्माण गरेको छ । सेनाले पिडितहरुको चुनौतीपुर्ण व्यवस्थापनमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको छ ।

कंगोमा तैनाथ नेपाली सेनाको इन्जिनियर गुल्मले मिति ०७७ जेठ १९ गतेदेखि इन्टरनेशनल अर्घानाइजेशन माग्रेसनको अनुरोधमा ७ हेक्टर जमिनमा बाटो निमांण र सम्याउने काम गरी वासस्थान निर्माणमा महत्वपुर्ण योगदान गरेको सेनाले जनाएको छ ।

डिजुगु क्षेत्रबाट विस्थापित भएका २० हजार स्थानिय जनाताहरुलाई बुनियास्थित मुजिपेला क्षेत्रमा विभिन्न संरचना सहितको बासस्थान निर्माण गरेको थियो । यसअघि पनि २०१९ उक्त गुल्मले राष्ट्रसंघको अनुरोधमा १० हजार विस्थापितहरुको लागि आवश्यक संरचनाहरु निर्माण गरेको जनाएको छ ।

उक्त कार्यको युन डिर्पाटमेन्ट अफ पिस अपरेसनका प्रमुख लगायत बाट नेपाली सेनाको प्रंशसा भएकोे थियो । नेपाली सेनाको इन्जिनियर गुल्म २३ औं डफ्फाको गुल्मपति प्रमुख सेनानी अर्जुन अधिकारी थिए भने हाल डफ्फाका गुल्मपति प्रमुख सेनानी सुरेश थापा रहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्