Logo

साँढेले हान्दा बृद्ध महिलाको मृत्यु



सप्तरी, २९ पुस । साढे गोरुले हानेर एक बृद्ध महिलाको मृत्यु भएको छ । रातको ९ बजे आफ्नो घर अगाडी बाटोमा हिडीरहेको अवस्थामा छिन्नमस्ता वडा न.२ की ८० वर्षीया दुर्गा देवी साह गोरुले हान्दा गम्भीर घाइते भएकी थिइन् ।

उनलाई उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज लैजाँदै गर्दा बाटोमा मुत्यु भएको थियो । बिरामीको बाटोमै मृत्यु भएपछि मृतकलाई घरमै राखेका थिए ।

बुधबार सप्तरी प्रहरी कार्यालयमा जानकारी आएपछि प्रहरीले अस्पताल पुर्याएर पोष्ट मार्टम गरी मृतकको नाती रमेश कुमार साहलाई सदगद गर्ने जिम्मा दिएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्