Logo

गायिका एन्जिला गौचनको नयाँ गित ‘काली काली ’बजारमा (भिडियो)



२९ पुष,काठमाडौं । गायिका एन्जिला गौचनको नयाँ गित ‘काली काली’ नेपाली बजारमा आएको छ । २ बर्ष अघि एल्वम ‘एञ्जिला’ निकालेकी गौचनको नयाँ गित ‘काली काली ’ मंगलबारबाट बजारमा आएको हो ।

यो गित आधुनिक गितमा फ्यूजन भरी आइटम भर्सनको गित हो । गितमा कसैले जिस्काएर काली भनेपनि आफु दिलवाली भएका कुरा गितको भावबाट बुझ्न सकिन्छ । गितमा गायिक गौचनले स्वार दिएकी छिन् ।

शब्द संगित कमला कुवेदीको रहेको छ । गितको बजार ब्यावस्थापन तथा भिडियो निमार्ण मास्टरिङ रेकर्डिङ पिरोज बज्रचार्यले गरेका छन् । गितको भिडियो निर्देशन शिशिर अर्यालले गरेका छन् । त्यस्तै गितको कोरियोग्राफर हार्ट टु बिट टिमले गरेको छ ।

यो गितको भिडियो ओएसआर डिजिटलले बजारमा ल्याएको हो । दिपुकृष्ण डंगोलको छायाँकन , सह–निर्देशक उत्सव पौडेल रहेका छन् । यसअघि उनको दोस्रो एल्वम ‘एञ्जिला’ एल्वममा समावेस ‘त्यो पहिलो नजर’ बोलको गितको दर्शक स्रोताहरुले निकै रुचाइएको थियो । यसका साथै उनले केहि बर्ष पहिले मात्रै थकाली भाषाको गिति एल्वम बजारमा ल्याएकी थिईन् ।

‘ काली काली ’ को हेर्नुहोस भिडियो :



प्रतिक्रिया दिनुहोस्