Logo

१० हजार घूससहित प्रहरी हवल्दार अख्तियारको नियन्त्रणमा



तनहुँ, २९ पुस । महिला तथा बालबालिका सेवा केन्द्र बेलचौतारामा कार्यरत प्रहरी हबल्दार शान्ति भण्डारीलाई अख्तियारले घूसवापत्को रकमसहित नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय, बेलचौतारामा कार्यरत हवल्दार भण्डारीले उक्त कार्यालयबाट नियन्त्रणमा लिएको व्यक्ति छुटाइदिए वापत बिभिन्न बहाना बनाई सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको उजुरीको आधारमा अख्तियारले १० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्