Logo

ट्रम्पलाई ह्वाइट हाउसबाट निकाल्न पेन्सद्वारा अस्वीकार



एजेन्सी, २९ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसबाट निकाल्ने विषयलाई उप–राष्ट्रपति माइक पेन्सले अस्वीकार गरका छन् । उनलाई प्रायः डेमोक्रेटिक पार्टीका सदस्यहरुले लगातार ट्रम्पलाई हाउसबाट निकाल्न भनिरहेको बेला उनले ट्रम्पलाई निकाल्ने विषयलाई अस्वीकार गरेका हुन् ।

यस सन्दर्भमा पेन्सले भने,‘मलाई विश्वास छैन् कि त्यस्तो कार्यवाही हाम्रो राष्ट्रको हितमा हुन्छ वा हाम्रो संविधान अनुरुप छ ।’ उनले उक्त वयानलाई सभामुख पेलोसीसामु राखेका थिए । पेलोसीले ट्रम्पलाई ह्वाइट हाउसबाट निकाल्न उप–राष्ट्रपति पेन्सलाई विन्ती गरेकी थिइन् । उक्त विन्तीलाई पेन्सले अस्वीकार गरेका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्