उत्तर कोरियामाथि जासुसी गरेको भन्दै दक्षिणप्रति खनिइन् किमकी बहिनी


एजेन्सी, २९ पुस । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङ दक्षिण कोरियाले जासुसी गरेको भन्दै खनिएकी छिन् । उत्तर कोरियाली मिलिटेरि परेडमा आफ्नो छिमेकीले जासुसी गरेको भन्दै उनी खनिएकी हुन् ।

उत्तर कोरियाली सेन्ट्रल न्युज एजेन्सीमा बुधबार अफ्नो बक्तव्य जारी गर्दै भनिन्,‘आफ्नो छिमेकीले गरेको प्रतिकुल व्यवहार दण्डनिण छ ।’ उत्तर कोरियाली मिलिटेरी परेडमाथि नजर राखेको कारण दक्षिण कोरियाको इन्टेलिजेन्सलाई बेवकुफको संज्ञा समेत दिएकी छिन् ।

उत्तर कोरियाको आँठौँ सभाको भेला कार्यक्रममा नेता किमले परेडको साथै आफ्नो अगामी सुरक्षा निती सार्वजनिक गरिरहेको बेला उत्तर कोरियाले देखाएको व्यवहारप्रति उनले बक्तव्य जारी गरेकी थिइन् । उनले भनिन्,‘हाम्रो छिमेकी वास्तव मै एक अनौठौँ समूह हो । उनीहरुलाई बुझ्न गाह्रो छ ।प्योङयोङले गरिरहेको गतिविधि प्रति किन उनीहरुले निगरानी राखिरहेको छ बुझन् सकिन् ।’

सभामा नेता किमले अमोरिका उत्तर कोरियाको सबै भन्दा ठूलो दुश्मन रहेको बताएका थिए । नेता किमले यस सन्दर्भमा भने, ‘प्योङयोङको सैनिक क्षमतालाई अविबृद्वि गर्न म जस्तो सुकै कदम चाल्न पछि हट्दिन्।’ उत्तर कोरियाको अगामी १७ मा हुने संसद अधिवेशनमा अगामाी दिनमा आफ्नो छिमेकी सियोल र अमेरिकासंगको सम्बन्धलाई कसरी लैजाने भन्ने विषयमा छलफल हुने जनाइएको छ ।-Photo: Agency