Logo

सवारी लाइसेन्सको कोटा सिस्टम खारेज



काठमाडौं, २९ पुस । यातायात व्यवस्था विभागले दैनिक ५ हजार जनाले मात्र सवारी लाइसेन्स आवेदन दिन पाउने नियम खारेज गरेको छ । विभागले दैनिक ५ हजारले मात्र आवेदन भर्न सकिने नियम खारेज गरेको हो ।

कोरोना भाइरसको कारण गत चैत्रदेखि बन्द चालक अनुमति पत्र केही दिन अगाडी खुल्ला भएपनि दैनिक ५ हजार आवेदन मात्र सीमा तोकेपछि धेरै मानिसहरुले भर्न नपाएको गुनासो आएको थियो ।

विभागले सर्भरमा समस्या आएपछि केही दिन अगाडी अनलाइन फर्म बन्द गरेको थियो । सेवाग्राहीको दैनिक गुनासो बढ्दै गएपछि निश्चित कोटा प्रणाली हटाएको विभागले बताएको छ ।

अब भने बिहान ६ बजेदेखि रातको १० बजेसम्म आवेदन दिन सकिने व्यस्था विभागले गरेको छ । तर आइतबारदेखि बुधबारसम्म मात्र लाइसेन्सको लागि आवेदन दिन सकिनेछ । सेवाग्राहीले फारम भरेर सबमिट गरेपछि मात्र आवेदनका आधारमा विभागले परिक्षाको मिति निर्धारण गरेर जानकारी दिनेछ ।



प्रतिक्रिया दिनुहोस्