Logo

ग्रीन डेभलपमेन्ट बैंकको ५.१० प्रतिशत लाभांश घोषणा



काठमाडौं, २९ पुस । गत आर्थिक वर्षको मुनाफाबाट ग्रीन डेभलपमेन्ट बैंकले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । सोमबार बसेको बैंकको संचालक समितिको बैठकले मुनाफाबाट शेयरधनीलाई ४.८४५ प्रतिशत बोनस शेयर र ०.२५५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर जम्मा ५.१० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव राखेको हो ।

प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकले स्वीकृति दिएपछि र साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउने बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्