Logo

कर्पोेरेट डेभलपमेन्ट बैंकको शेयरमुल्यमा बृद्धि



काठमाडौं, २९ पुस । आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमुल्य बृद्धि भएको छ । बैंकको शेयरमुल्य १० प्रतिशतले बढेको हो । बैंकको शेयरमुल्य प्रतिकित्ता ३१ रुपैयाँबाट बृद्धि भएर ३४१ रुपैयाँ पुगेको हो । आज खरिद माग धेरै हुँदा शेयरमुल्यमा पनि उच्च बृद्धि देखिएको हो ।

बुधबार कारोबार भएको एक घन्टामा ६९ हजार ३४९ कित्ता शेयर खरिद गर्ने माग रहेको छ भने बिक्रि कर्ता देखिएका छैनन् । आज कम्पनीको शेयर न्युनतम ३२५ रुपैयाँ देखि ३४१ रुपैयाँ सम्म शेयर माग गर्ने रहेको छ ।



प्रतिक्रिया दिनुहोस्