Logo

नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा भर्चुअल माध्यमबाट सम्पन्न



काठमाडौं, २९ पुस । नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा आज सम्पन्न भएको छ । कार्की ब्याक्वेंटमा सम्पन्न भएको पाँचौ वार्षिक सभाले ०७५/०७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको कम्पनीले जनाएको छ ।

यस पटक शेयरधनीलाई लाभांश दिएको छैन् । आजको सभाबाट लेखा परिक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ ।

सभा कोरोना महामारीको कारण भर्चुअल माध्यमबाट शेयरधनीको उपस्थितिमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्