Logo

ओली डमरु बजाएर टिकट बाँड्दै हुनुहुन्छः माधव नेपाल



काठमाडौं, २९ पौष । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले डमरु बजाएर टिकट बाँड्न थालेको टिप्पणी गरेका छन् । आज नेकपाको आफ्नो समूहको काठमाडौं जिल्ला कमिटिद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले कम्युनिस्ट संस्कार गुमाइसकेको बताए ।

‘केपी ओलीमा कम्युनिस्ट संस्कार छैन, उहाँ कम्युनिस्ट होइन,’ नेपालले मध्यावधि चुनाव घोषणा तर्फ संकेत गर्दै भने,‘मान्छेलाई खेलाउन खोज्दै हुनुहुन्छ । डमरु बजाएर टिकट बाँड्दै हुनुहुन्छ ।’ ओलीमाथि झुटको खेती गरेको आरोप लगाउँदै भ्रम चिरेर बढ्नुपर्ने बताए ।

ओलीले केन्द्रीय कमिटीलाई ५ हजार पुर्याउने भनेकोतर्फ संकेत गर्दै सडकको धुलोमा परिणत हुने ठोकुवा गरे । उनले भने,‘हेर्दैजानुहोस्, सडकको धुलोमा परिणत हुन्छ ।’

नेपालले ओलीसँग माक्र्सवाद, कम्युनिस्ट आचरण र संस्कार नभएको टिप्पणी गरे । ओलीलाई सुधार्न खोज्दा नसकिएको उनको भनाई थियो । उनले भने,‘प्रचण्डले बाङ्गो पुच्छरमा तेल लगाएर सिधा पार्न खोज्नुभयो तर सक्नुभएन ।’ तस्बिरः मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्