Logo

कमला ह्यारिसको विवादास्पद कभर फोटो



एजेन्सी, २९ पुस । चर्चित म्यागजिन भोगको फेब्रअरी महिनाको कभर फोटोमा नव निर्वाचित उप–राष्ट्रपति अश्वेत महिला कमला ह्यारिसले स्थान प्राप्त गरेकी छिन् । उनको क्याजुअल ड्रेसअपका कारण भोगलाई निकै आलेचना सहनु परेको छ । यस विषयमा कमलाको बचावमा भोगको एडिटर इन चिफ एना वांटआवरले आफ्नो मुख खोलेकी छिन् ।

कमलाको तस्वीर टाइलर मिचेलले खिचेका थिए । कमला सामान्य आउटफिट देखिएकी छिन् । उनले कन्भर्स, सेता टि सर्ट र कालो पाइन्टमा देखिएकी छिन् । उनको यस तस्वीर प्रति क्रिटिक्सले ‘वास्ड आउट’को संज्ञा दिँदै व्यंग्य हानेका छन् । कमला एक अश्वेत नागरिक भएको कारण उनको समूहले भोगले रङमा निकै ध्यान दिनु पर्ने र अहिलेको रङले विवाद उत्पन्न हुने कारण उक्त तस्वीरले अलोचना खेपेको छ । प्रमुखले यस सन्दर्भमा न्युयोर्क टाइम्सलाई भनिन्,‘कुनै प्रकारको फर्मर ड्रेसअफप्रति सम्झौता भएको थिएन् । तर, पहिलो अश्वेत उप–राष्ट्रपतिको जीतलाई कुनै प्रकारको हानी पुर्याउने हाम्रो उदेश्य थिएन् ।’

भोगको टिमले अहिलेको अवस्थामा कमलाको सामान्य आउट फिट नै उत्तम छनौट हुने भएको कारण आउट फिटलाई मान्यत दिएको जनाइएको छ । यसले एक सामान्य व्यक्तिको छवीलाई प्रकाश पार्ने भएको कारण उक्त आउट फिटले मान्यता पाएको प्रमुख विंटआवले जनाएकी छिन् । कन्भर्स प्रत्यक महिलाको रोजाईको प्राथमिकता रहेको र उक्त जुत्ता ट्रन्डिङमा भएको कारण यसलाई हामीले मान्यता दिएको भन्दै उनले स्पष्ट पारिन् । कुनै प्रकारको विवादलाई सिर्जना नगर्न प्रमुख वांटआवरको भनाइ छ । उनले आफ्नो कभरको बचाव भन्दा पनि उक्त तस्वीरको विवरणलाई स्पष्ट पारेकी छिन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्