Logo

भारतीय परराष्ट्र-नीतिको परिदृष्य



विपिन देव: कोरोना कहरवाट सम्पूर्ण मानव समाज आक्रान्त रहेको वेला संसारका शक्तिशाली राष्ट्रहरू आपसी मन भेद र मत भेदलाई परित्याग गरेर मानव कल्याणको लागि जुट्नु पर्ने वेलामा आपसी रस्साकसी र सामरिक तयारीमा रुमलिएका छन् । खास गरेर दक्षिण चीन सागरमा चीनको दव(दवालाई निस्तेज गर्न अमेरिकी नेतृत्वमा व्यापक सैन्य तयारी भइरहेको अवस्था छ । अर्को तर्फ विगत सात महिनादेखि भारत र चीनका सैनिकहरू अस्त्र र शस्त्रवाट सु-सज्जित भएर भिडन्तको लागि उकुसमुकुस भइरहेको अवस्था छ । यी विषम परिस्थितिमा भारतले आफ्नो राष्ट्रिय स्वार्थ अनुकुल परराष्ट्र नीति परिचालित गरेको देखिन्छ ।

सन् २०२० मा भारतले परिचालीत गरेको परराष्ट्र नीतिको सफलताको वारेमा विश्वका मूर्धन्य छापाखानाहरूले यथेष्ट ठाउ‘ दिएको देखिन्छ । भारतले सन् २०२० मा अमेरिकासँगको सम्वन्धलाई उच्च प्राथमिकता दिएको पाइन्छ । सन् २०२० को फेव्ररीमा भएको अमेरिकी राष्ट्रपति डोनालण्ड ट्रम्पको यात्रा यसलाई आलोकित गर्दछ । डोनालण्ड ट्रम्पको भारत यात्रा अरु अमेरिकी राष्ट्रपति भन्दा पृथक थियो । अरु अमेरिकी राष्ट्रपति भारत यात्रा गर्दा पाकिस्तानको पनिसंग यात्रा गर्ने गथ्र्यो । तर ट्रम्पले भारतको अहमदावादमा विशाल जनसभालाई सम्वोधन गर्ने क्रममा आतंकवादलाई नियन्त्रण र निर्मूल गर्न आफ्नो सहयोग र सदभाव रहने प्रतिवद्धता जाहेर गरेर भारतको सामपरिक साझेदारको रुपमा नयॉ परिचय दियो । यति मात्रै होइन कि अमेरिकाले सन् २०२० अक्टुवर २७ मा आफ्ना रक्षामन्त्री मार्क इस्पर र परराष्ट्र मन्त्री माइक पोम्पीओलाई भारत पठाई टु प्लस टु को वार्तालाई निरन्तरता दिदै भारत र अमेरिकाको सम्वन्धलाई नयॉ आयाम दियो । क्वार्ड र इण्डोप्यासिफिक जस्ता रणनीतिमा भारत र अमेरिका एक ठॉउमा उभिएको देखिन्छ । तर भारत र रसियाको मित्रता केही प्रश्नहरूको घेरामा देखिएको छ ।

इतिहासको हरेक आरोह र अवरोहमा भारत र रसिया (पहिले सोभियत रुस)को सम्वन्धलाई कालजयी मानिन्थ्यो । विगतका केही घटनाहरूले गर्दा भारत र रसियाको सम्वन्धमा प्रश्नवाचक चिन्हले इंकित भएको छ । भारत र चीनको भिडन्तमा रसियाको तटस्थता र भारतको कर्वाड र इण्डोप्यासिफिक नीति प्रति रसियाको आपत्ति जस्ता परिघटनाहरूले गर्दा भारत र रसियाको सम्वन्धमा पहिले जस्तो समधुरता देखिएको छैन । तर भारत र रसियाको नेतृत्वले परम्परागत सम्वन्धलाई निरन्तरता दिन भगिरथ प्रयास गरिरहेको देखिन्छ । तद्नुरुप रसियाका विदेश मन्त्री ल्यावरोम रसियाना डाइलोगलार्य सम्वोधन गर्नु, भारतका विदेशमन्त्री र रक्षामन्त्री कोरोनाको कहरमा पनि एस.सी.ओ र व्रिक्स सम्मेलनमा भाग लिन रसिया जानु, रसीया र भारत विच १६ विलियन अमेरिकी डलरको हतियारको व्यापार हुनु जस्ता उदाहरणहरूले रसिया र भारतको नेतृत्वको आफ्नो दौत्य सम्वन्ध प्रति सचेत देखिन्छ ।

भारतले अन्तराष्ट्रिय मञ्चहरू नेतृत्व पाइरहेको अवस्था छ । विश्व स्वास्थ्य संगठनको अध्यक्षता यसका प्रतिनिधि उदाहरण हुन । त्यस्तै सुरक्षा परिषदको अस्थायी सदस्यको निर्वाचनमा भारतले १८४ मुलुकहरूको मतदान र सर्मथन पाएर आठौ पटक आफ्नो स्थानलाई सुनिश्चित गरेको देखिन्छ । जबकि सन् २०१६ पछि चीनले मानव अधिकारको सदस्यताको लागि मतदानमा भाग लिदा ५ विजित सदस्य मध्ये सबभन्दा तल्लो स्थानमा मत प्राप्त गरेको देखिन्छ । भारतले विगतका दिनमा विद्युतिय संवादलाई कूटनीतिको अस्त्र बनाएको देखिन्छ । सन् २०२० को मार्चमा भिडियो कन्फ्रेन्सको माध्यमवाट सार्क राष्ट्र अध्यक्षहरूको संवादलाई थालनी गर्नु, कोरनाको लागि कोष स्थापना गर्नु र संसारका १५० मुलुकहरूमा कोरनाको औषधी, पी.पी. भेन्टिलेटर प७ाएर कूटनीतिलाई मानव कल्याणसंग जोडेको देखिन्छ । भारत ससारको सवभन्दा बढि भ्याक्सिन उत्पादन गर्ने मुलुक भएकोले गर्दा विश्वका उतपिडित र गरिव मुलुकहरूको सस्तो र भरपर्दो भ्याक्सिनको लागि भारतको सहयोगको अपेक्षा गरेको छ ।

भारतले सन् २०२० को नोवेम्वरमा मात्र पॉचवटा अन्तराष्ट्रिय सम्मेलनहरूमा सहभागी भएर आप्mनो कूटनीतिलाई अगाडी बढाएको देखिन्छ । संघाई सहयोग संगठन, आसियान सम्मेलन, व्रिक्स, जी टेउन्टी, एस.सी.ओ जस्ता अन्तराष्ट्रिय सम्मेलनमा भारतले द्विपक्षिय र बहुमपक्षिय मुद्दाहरूलाई अगाडि बढाएको देखिन्छ । तर भारतले कर्वाडमा आफ्नो सक्रियता बढाएपछि आसियानका मुलुकहरू संसकित रहेको जानकारहरूको बुझाई देखिन्छ । भारतले आसियानसंग सम्वन्धलाई उच्च प्राथमिक्तामा राखेको थियो । भारत खुला अर्थ व्यवस्थामा प्रवेश गर्दा तत्कालीन भारतका प्रधानमन्त्री रावले “लुक इष्ट पोलिसी” को नारा दिएको थियो । कालान्तरमा त्यही नारालाई मोदीले “एक्ट इष्ट पोलिसी”मा परिर्माजीत गरे । जवाहर लाल नेहरु अन्तराष्ट्रिय विभागका जानकार डा. स्वर्ण सिंहले आसियानको नीति माथि प्रश्न गर्दै के भनेका छन् कि सन् १९६० मा आसियानको उदय एउटा प्रजातान्त्रीक गठवन्धन थियो । जसको मुख्य उद्देश्य चीनको दवदवालाई चूनौती दिनु थियो । तर सन् १९९० मा आसियानका मुलुकहरू आफ्नो नीतिमा परिर्वतन गरेर चीनिया नीतिको सामरिक अस्त्र वने जसको प्रमुख कारण आसियान मुलुकहरूको आर्थिक मन्दी थियो । कर्वाड (अमेरिका, जापान, भारत, अष्ट्रेलीया)को गठन खास गरेर आसियानको नीति परिर्वतनको कारणले मात्र भएको हो ।

सन् २०२० मा भारत र पाकिस्तानको सम्वन्धको स्वरुपमा परिर्वतन भएको देखिन्छ । भारतको संसद भवनमा आक्रमण, पठान कोटको आक्रमण, ऊरीको आक्रमण र पुलवामाको आक्रमण पछि भारतले आफ्नो पाकिस्तानको नीतिमा व्यापक परिर्वतन गरेको देखिन्छ । भारतका पूर्व राजदुत प्रभु दयालले प्रष्ट भनेका छन् कि पाकिस्तानको सीमा भित्र आतंकवादी अड्डाहरूमा भारतले आक्रमण गरेर आफ्नो सामरिक हैसियत र सुरक्षा प्रति संवेदनशिलतालाई जगजाहेर गरेको छ । विगतका दिनहरूमा भारतले आतंकवादीको मुद्दामा अन्तराष्ट्रिय मञ्चहरूमा गुहार मात्र गथ्र्यो ।

तर, भारतको कूटनीतिको महत्वपूर्ण परिक्षा भारत र चीन सम्वन्ध नै हो । सामरिक जानकार डा. राजा मोहनले भारत र चीनको सम्वन्धलाई चिरफार गर्दै के भनेका छन् कि सन् २०१३, सन् २०१४ र सन् २०१७ मा भारत र चीनको सीमा विवाद भएता पनि यी दुईवटै मुलुकहरूले आफ्नो कूटनीतिक सन्यन्त्रद्वारा तनावलाई मत्थर गरेको थियो । विगत २० वर्षमा चीन र भारतको व्यापार दुई विलियन डलरवाट सय विलियन डलरसम्म पुगेको थियो । तर सन् २०२० को ग्लावन घाँटीमा दुईवटै मुलुकहरूको भिडन्तले विगतका संयमता माथि नै प्रशन गरेको देखिन्छ ।

भारत र चीनको भिडन्तले गर्दा विश्व नै दुईवटा ध्रुवमा विभाजित भएको देखिन्छ । अमेरिकी सामरिक जानकार रेमण्ड विकरीले आउने दिनमा अमेरिकी सार्मथ्य र सामरिक शक्ति भारतको सहयोगको लागि तत्पर रहने छ भने एक अन्तवार्तामा बताएका छन् । अर्थात् भारतसंग नीतिमा अमेरिकाले कुनै परिर्वतन गर्नेे छैन । र्कवाड, यूरोपेली युनियन जस्ता प्रजातान्त्रीक कित्तामा रहेका मुलुकहरूको सदभाव भारतले प्राप्त गरेता पनि भारतले एक साथ चीन र पाकिस्तानसंग टक्कर लिनु ठुलो धैर्यताको परिक्षा पनि हो । सन् २०२० मा भारतले श्रीलङकाको सम्वन्धमा पनि छलाङ्ग मारेको देखिन्छ । श्रीलङ्का चीनको डेब्ट ट्रयापमा फसे पछि “इण्डिया फस्ट” नीतिलाई घोषणा गरेको देखिन्छ । अर्थात् समग्रमा हेर्दा सन् २०२० मा भारतले कूटननीति हरेक तनाव र अवरोधको बाबजुद पनि कूटनीतिक सफलता प्राप्त गरेको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम