Logo

कोरोनाबाट सङ्क्रमित अर्मेनियाका राष्ट्रपति अस्पताल भर्ना



२९ पुस: अर्मेनियाका राष्ट्रपति अर्मेन सर्किसीयनलाई अकस्मात अस्पताल भर्ना गरिएको छ ।कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएका सर्किसीयनलाई निमोनियाको समस्या बढेपछि अस्पताल भर्ना गरिएको हो ।राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा उनको अवस्था पहिलाभन्दा जटिल भएको पुष्टि गर्दै निमोनिया भएको उल्लेख गरिएको छ ।

राष्ट्रपति सर्किसीयनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको थियो, उनलाई अहिलेसम्म निवासमै उपचार गराइएको थियो । तर अहिले समस्या बढेकाले अस्पताल लगिएको हो, वक्तव्यमा लेखिएको छ ।उच्च ज्वेरो र दोब्बर निमोनिया भएकाले राष्ट्रपति सर्किसीयनको अवस्था जटिल भएको वक्तव्यमा लेखिएको छ ।राष्ट्रपति कार्यालयले उनी यही जनवरी ५ तारिखका दिन कोरोनाभाइरसबाट सङ्मित भएको पुष्टि भएको जनाएको छ ।

उनी बेलायतको राजधानी लण्डन गएका बेला सङ्क्रमित भएको राष्ट्रपति कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन् । राष्ट्रपति सर्किसीयन नयाँ वर्ष र बिदा मनाउन परिवारसहित लण्डन गएका थिए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्