Logo

मकर संक्रान्ति सम्बन्धि पौराणिक तथ्य



सुर्य एक राशिबाट अर्को राशिमा सर्नु लाई संक्रान्ति भनिन्छ । वर्षमा १२ संक्रान्ति मध्ये ४ संक्रान्ति महत्वपुर्ण मानिन्छन् । जसमध्ये मेष, तुला,कर्कट र मकर हुन् । मकर संक्रान्तिको दिन सुर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्दछ । मकर संक्रान्तिको दिनबाट नै सुर्य दक्षिणायबाट उत्तरायणमा लाग्छन् ।

उत्तरायण प्रारम्भः सुर्य मकर राशिमा जादाँ उत्तरायणप्रारम्भ हुन्छ र कर्कटमा जाँदा दक्षिणायन हुन्छ । ६ महिना सुर्य उत्तरायणमा रहन्छन् र ६महिना दक्षिणायमा रहन्छन् । मकर संक्रान्तिबाट कर्कट संक्रान्तिबीचको ६ महिनालाई उत्तरायण भनिन्छ । यस समयबाट दिन विस्तारै–विस्तारै लामो हुँदै जान्छ ।

देवताहरुको दिन प्रारम्भः हिन्दु शास्त्रअनुसार मकरसंक्रान्तिबाट देवताहरुको दिन आरम्भ भएर असारसम्म रहन्छ । कर्कट संक्रान्तिबाट देवताहरुकोरात प्रारम्भ हुन्छ । देवताको एक दिन रात मिलाएर मानिसको एक वर्ष हुन्छ । मानिसको एकमहिना पितृको एक दिन हो ।

गीतामा महत्वः भगवान श्रीकृष्णले पनि उत्तरायनका ६ महिना शुभ हुने बताएका थिए । जब सुर्यदेव उत्तरायन हुन्छन तब पृथ्वी उज्यालोहुन्छ, यस समयमा शरीर परित्याग गर्नाले व्यक्तिको पुर्नजन्म हुँदैन, यस्ता मानिसहरुलेब्रह्मा प्राप्त गर्न सक्छन् । ठिक यसरी नै सुर्य दक्षिणायन हुदाँ पृथ्वी अन्धकार हुन्छ र अन्धकारमाशरीर त्याग गर्दा मानिसले पुनः जन्म लिनुपर्छ ।

नववर्षको प्रारम्भः यस दिनलाई सुर्य नववर्षको शुरुवात मानिएको छ । सुर्य जब एक राशिबाट अर्को राशिमा प्रवेश गर्दछ तब अर्कोमहिना प्रारम्भ हुन्छ । त्यसैले १२ राशि र १२ महिना भनिएको हो । हिन्दुधर्म अनुसार बनाइएकापात्रोहरु सुर्य, चन्द्र र नक्षत्रमा आधारित हुन्छन् । सुर्यमा आधारितलाई सुर्यवर्ष, चन्द्रमा आधारितलाई चन्द्रवर्ष र नक्षत्रमा आधारित नक्षत्र वर्ष भनिन्छ । सुर्यका दुई भाग हुन्छन् उत्तरायण र दक्षिणायन । वसन्त ऋतुको सुरुवातीः यस दिनबाट वसन्त ऋतुकोपनि सुरुवात हुन्छ ।

पौराणिक तथ्यः महाभारत कालमा भीष्मले देहत्याग गर्न मकर संक्रन्ति पर्खेका थिए । यसैदिन सुर्य आफ्नो छोरा शनिको घरमा एकमहिनाको लागि जान्छन् । मकर राशिको स्वामी शनि हुन् । यस दिनमा भगवान विष्णुले राक्षसको नाश गरेर युद्ध समाप्तिको घोषणा गरेका थिए । उनले सबै राक्षसहरुको टाउको काटेरपर्वतमा गाडिदिएका थिए । यसकारण नराम्रा र नकरात्मक शक्तिहरु नाश गर्ने दिन पनि भनिन्छ ।



प्रतिक्रिया दिनुहोस्