Logo

वीरगञ्ज नाकाबाट घट्यो मुख्य वस्तुको निर्यात



वीरगञ्ज, माघ १ । गतवर्ष वीरगञ्ज नाकाबाट निकासी हुने मुख्य वस्तुको सूचीमा रहेका अधिकांश उत्पादनको निर्यात यो वर्ष घटेको छ । चालू आर्थिक वर्ष २०७७र७८ मा यस्ता वस्तुको निकासी घटेको हो ।

गत आर्थिक वर्ष २०७६र७७ मा निकासीको सूचीको पहिलो स्थानमा रहेको प्रशोधित पाम आयल यो वर्षको साउनदेखि मङ्सिरसम्मको अवधिमा निकासीको सूचीबाटै हटेको छ । यो उत्पादन निकासी हुने मुख्य २० वस्तुको सूचीमा पनि छैन । गतवर्ष नेपालबाट भारतमा रू। १८ अर्ब ३१ करोडको पाम आयल निर्यात भएको थियो ।

वीरगञ्ज नाकाबाट मात्रै रू। ११ अर्ब ७२ करोड मूल्यबराबरको १ लाख ७ हजार मेट्रिकटन ९मेटन० पाम आयाल निकासी भएको तथ्यांक वीरगञ्ज भन्सारसँग छ । वीरगञ्ज क्षेत्रमा १४ ओटा ठूला उद्योगले तेल उत्पादन गर्दछन् ।

भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि गत वैशाखयता निकासी रोकिएको छ । पाम आयल निर्यात गर्न नपाएका उद्योग सोयाबिनको प्रशोधित तेल निकासीमा केन्द्रित भएको ओसीबी फुडका सञ्चालक सुरेश रुङ्गटाले बताए । ‘पाम आयल निकासीलाई लक्षित गरेर यो क्षेत्रका अधिकांश उद्योगले क्षमता विस्तार गरेका थिए । लगानी डुब्ने चिन्तामा डुबेका उद्यमीलाई सोयाबिन तेल निकासीले केही राहत दिएको छ,’ रुङ्गटाले भने ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षको साउनदेखि मङ्सिर अन्त्यसम्ममा रू। ९ अर्ब १० करोडबराबरको ६३ हजार १०१ मेट भटमासको प्रशोधित तेल निर्यात भएको छ । भटमासको तेल निकासीको शीर्ष स्थानमा रहेको वीरगञ्ज भन्सारका अधिकृत रमेश सुकमनीले बताए । गतवर्षको समीक्षा अवधिमा करीब रू। २ अर्बको १४ हजार ९२४ मेटन यस्तो तेल निर्यात भएको जानकारी सुकमनीले दिए ।

यो नाकाबाट निकासी हुने मुख्य वस्तुमा रहेको जुस र स्पोर्टस सुजको निर्यात पनि खस्किएको वीरगञ्ज भन्सारले बताएको छ । चालू वर्षमा निकासीको दोस्रो स्थानमा रहेको जुसको निकासी मूल्यका आधारमा ६ प्रतिशतले घटेको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्