Logo

चीनमा आठ महिनापछि कोरोना संक्रमणबाट पहिलो मृत्यु



एजेन्सी, १ माघ । कोरोना भाइरस पहिलोपटक पत्ता लागेको चीनले रोगसँग लड्न अभूतपूर्व सफलता हासिल गरेको छ । त्यहाँ महिनौं सम्म कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएन । तर, आठ महिनापछि पहिलो व्यक्तिको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

बिहिबार चीनले एकजना महिलाको मृत्यु भएको तथ्य सार्वजनिक गरेको छ । उत्तरी चीनको हुबई प्रान्तकी ती महिलाको मृत्यु भएको हो । गतवर्षको १७ मे यता चीनमा कसैको पनि मृत्यु भएको थिएन । तर, बुधबार दिउँसो एकजना महिलाको मृत्यु भयो ।



प्रतिक्रिया दिनुहोस्