Logo

कोभिड १९ को चिनियाँ भ्याक्सिन कम प्रभावकारी



एजेन्सी, १ माघ । कोरोना भाइरसविरुद्धको चिनियाँ भ्याक्सिन कम प्रभावकारी पत्ता लागेको छ । ब्राजिलमा गरिएको परीक्षणका क्रममा सिनोभ्याक बायोटेकले विकास गरेको भ्याक्सिन कम प्रभावकारी पत्ता लागेको हो ।

साउ पाउलो सरकारले मङ्गलबार सार्वजनिक गरेको विज्ञप्तिमा भ्याक्सिन ५०.३८ प्रतिशतमात्र प्रभावकारी देखिएको उल्लेख छ । यसअघि उक्त भ्याक्सिन ७८ प्रतिशत प्रभावकारी रहेको दाबी गरिएको थियो ।

अमेरिकाको फाइजर र मोर्डना, रुसको स्पुतनिक भी, बेलायत र स्वीडिस कम्पनिको साझेदारीमा उत्पादन भएको अक्सफोर्डको भ्याक्सिनभन्दा चीनको भ्याक्सिन कम प्रभावकारी पत्ता लागेको हो ।

तर, ग्लोबल टाइम्सले भ्याक्सिन ७७.९६ प्रतिशत प्रभावकारी पत्ता लागेको उल्लेख गरेको छ । भ्याक्सिनको टर्कीले आकस्मिक प्रयोगको अनुमति दिइसकेको छ ।-तस्बिर स्रोतः सिन्ह्वा 



प्रतिक्रिया दिनुहोस्