Logo

युभेन्ट्स कोपा इटालियाको क्वार्टरफाइनलमा



एजेन्सी, १ माघ : इटालियन क्लब युभेन्ट्स कोपा इटालियाको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा जिनोआलाई ३-२ गोलले पराजित गरेर युभेन्ट्सले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

खेलको सुरुवाती मिनेटमा कुलुसेभ्स्कीले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए भने २३ मिनेटमा अल्भारो मोराटाले युभेन्ट्सको अग्रता दोब्बर पारे। पहिलो हाफमा पछि परेको जिनोआले ७४ मिनेटमा बराबरी गोलका लागि मेलेगोनीले भूमिका खेले ।

निर्धारित समयमा कसैले गोल हान्न नसक्दा खेलमा समय थप गरिएको थियो । थप समयमा युभेन्ट्सका लागि राफियाले गोल गरेका थिए । सोही गोलले युभेन्ट्स प्रतियोगिताको अन्तिम आठमा पुर्याएको छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्