Logo

पाकिस्तानमा बलात्कृत महिलाका लागि यस्तो हुन्छ भर्जिनिटि टेस्ट



एजेन्सी, १ माघ । पाकिस्तानमा बलात्कृत महिलाको लागि लागु भएको भर्जिनिटि टेस्ट कानुनले बलात्कृत महिलालाई उचित न्याय दिन सकेको छैन् । उक्त टेस्टको आधारमा न्यायलयले फैसला सुनाउने गर्दछ । तर, उक्त कानुनले पिडितको हकमा फैसला आउने गर्दैन । आरोपी सजिलै छुट्ने गर्दछ ।

साजिया नाम गरेकी एक १४ वर्षिया बालिकालाई उनकै बाबु र काकाले बलात्कार गरेका थिए । परिवारबाटै भएको बलात्कार बालिकाले प्रहरी सामु लग्ने हिम्मत देखाइन् । प्रहरीले अनुसन्धान थालेपछि उनलाई भर्जिनिटी टेस्टको लागि लगियो उनलाई जाँच गर्ने क्रममा उनको यौनाङ्ग भित्र चिकित्सक महिलाले दूई औँला छिराएर टेस्ट गरिन् । कतिपय केसमा चिकित्सकहरुले ग्लासको रड समेत छिराइ टेस्ट गर्ने गर्दछन् । त्यसबेला पिडितले बलात्कार अघि कुनै सम्पर्क गरेको छ वा छैन् विषयलाई पत्ता लगाइ भर्जिन नभएको खण्डमा पिडितको विपक्षमा फैसला हुने गर्दछ र आरोपी सजिलै छुट्ने गर्दछ ।

बलात्कृत पिडित भर्जिन भएमा उनको पक्षमा फैसला हुने गर्दछ भने उनले अगावै सम्पर्क गरेकी छिन् भने बलात्कृत भएतापनि उनको विषक्षमा फैसला हुने गर्दछ । पछि उनको परिवारको दबाबका कारण उनले दर्ता गरेको केसलाई फिर्ता लिइन् । दूई औँले भर्जिनिटी टेस्टले पिडितको हकमा फैसला नहुने कारण दोषी सजिलै छुट्ने गर्दछन् । उक्त टेस्ट २० देशमा हुँदै आएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यो मानव अधिकारविरुद्वको कानुन भएको र यसले विना वैज्ञानिक आधारमा देखाएको फैसला स्वतः गलत भएको नागरिक समाजहरुको भनाइ छ ।

उक्त टेस्टको आधारमा फैसला सुनाउने छ भने बलात्कारको दरमा कमि आएको तर, घटनामा बृद्वी हुने भएको देखिन्छ । यस सन्दर्भमा नागरिक समाजका अगुवाले दायर गरेका रिटमाथि लाहौर कोर्ट उक्त कानुनलाई खारेज समेत गरेको छ । तर, अन्य राज्यमा भने उक्त कानुन अझ लागु भइरहेको अवस्थामा महिला र बालिकाहरु असुरक्षीत महसुस गरिरहेको नागरिक समाजका अगुवाले जनाएका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्