Logo

लोकसेवा आयोगले माग्यो ४१२ कर्मचारी



loksewa logo

काठमाडौं, १ माघ । लोकसेवा आयोगले राजपत्र अंकित प्रथम श्रेणीका लागि ४१२ जना कर्मचारीको माग गरेको छ । नेपाल सरकार अन्र्तगतको आयोगले नायब सुब्बा वा सो सरहका पदहरुमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपुर्ति हुनेगरी दरखास्त आह्रवान गरेको हो ।

लोकसेवाले धनकुटा, काठमाडौं, पोखरा, जलेश्वर, बुटवल, दिपायल र सुर्खेतको लागि प्रथम श्रेणीका कर्मचारी माग गरेको जनाएको छ ।

आयोगले धनकुटा कार्यालयको लागि कुल ४७ जना कर्मचारी माग गरेकोमा न्याय तथा प्रशासनका लागि खुला तर्फ ७ जना, आदिवासी जनजाति तर्फ ६ जना, मधेसी तर्फ ५ जना, दलित तर्फ १ जना र पिछडिएको क्षेत्रतर्फ १ जना रहेको छ ।

लोकसेवाले काठमाडौंको लागि १५१ जना कर्मचारी माग गरेको छ । न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण, संघीय संसदलाई कर्मचारी माग गरेको हो ।

त्यस्तै, आयोगले पोखराको कार्यालयको लागि खुला, महिला, आदिवासी, मधेसी, दलित, अपाङ्ग र पिटडिएका क्षेत्र गरी ५२ पद सख्यामा कर्मचारी माग गरेको हो ।

जलेश्वर कार्यालयका लागि ४९ जना कर्मचारीको दरखास्तको आह्वान आयोगले गरेको छ । जसमा न्याय तथा प्रशासन सेवाको लागि खुलामा २८ जना माग भएको हो ।

बुटवल कार्यालयको लागि विभिन्न समुह र पदमा २३ जना कर्मचारीको दरखास्त आह्वान गरेको छ । यसैगरी दिपायलस्थित आयोगमा पनि ३७ जनाको माग गरिएको छ । यी पदमा आवेदन दिन पुरुष १८ वर्षदेखि ३५ वर्षसम्म र महिला तथा अपाङ्गका लागि ४० वर्ष ननाघेको र न्युनतम प्रमाणपत्र वा प्सटु उत्तीर्ण गरेको हुनुपर्ने आयोगले जनाएको छ ।

आवेदन माघ २० गतेसम्म दिन सकिने र दोब्बर दस्तुर तिरेमा माघ २७ गतेसम्म दिनसकिने छ ।



प्रतिक्रिया दिनुहोस्