Logo

ट्रम्पबारे पेलोसिले भनिन् ‘कानुन भन्दा माथि कोही पनि छैन्’



एजेन्सी, १ माघ । अमोरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि दोस्रो पटक महाभियोग लागेपछि कानुनु भन्दा माथि कोही पनि नरहेको सभामुख न्यान्सी पेलोसीले बताएकी छिन् । उनले बुधबार ट्रम्पलाई महाभियोग लागेपछि उक्त विषयमा जानकारी गराएकी हुन् ।

१३ महिनाको अन्तरालमा ट्रम्पलाई दोस्रो पटक हाउस अफ रिर्पेजेन्टेटिभबाट महाभियोग लगाइएको छ । यस सन्दर्भमा कांग्रेसले भन्योे,‘कानुन भन्दा माथि कोही पनि छैनन् । राष्ट्रपति पनि कानुनको दायरामा बस्नुपर्छ ।’ अमेरिकी राजधानी दंगा भड्किएपछि राष्ट्रपति ट्रम्पमाथि दोस्रो पटक महाभियोग लागको छ । २३२ जना रहेको संसदबाट १९७ जनाले महाभियोगको पक्षमा मत खसालेका थिए । ट्रम्प कै पर्टिी १० जनाले उनको विपक्षमा मत खसालेका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्