Logo

रुसमा मास भ्याक्सिनेशन गर्न पुटिनको निर्देशन



एजेन्सी, १ माघ । रुसी राष्ट्रपति भ्लादीमिर पुटिनले स्वास्थ्य निकायलाई मास भ्याक्सिनेशनको प्रक्रियालाई अगामी साता देखि तीव्रता दिन निर्देशन दिएका छन् । उनले क्याबिनेट बैठकमा सम्बन्धीत निकायलाई प्रक्रियालाई आगामी साता देखि सुरु गर्ने निर्देशन दिएका हुन् ।

यस सन्दर्भमा पुटिनको भनाई उदृत गर्दै तासले लेखेको छ,‘प्रधानमन्त्रीले मलाई विगत साता देखि नै हामीले मास भ्याक्सिनेशनलाई सुरु गरिसकेका बताउनु भयो । हाम्रो उत्पादन केन्द्रले आफ्नो समय तालिका अनुसार पर्याप्त मात्रामा भ्याक्सिन प्रदान गरेको छ । तर, हामी ठूलो मात्रामा मास भ्याक्सिनेशन प्रोग्रामलाई सुचारु गर्न जरुरी छ ।’

रुसका सम्पूर्ण जनसंख्यालाई पुग्ने गरी मास भ्याक्सिनेशन शुरु गर्नुपर्नेमा उनको निर्देशन थियो । रुसमा मास भ्याक्सिनेशनका लागि विशेष पुर्वाधार नचाहिएकोमा उनले भगवानलाई धन्यवाद समेत दिएका छन् । अन्य भ्याक्सिनलाई यतायात सम्बन्धी समस्या देखिएता पनि रुसी भ्याक्सिनलाई कुनै तापक्रममा ओसार पोसार गर्न सकिने र त्यसले भ्याक्सिनलाई कुनै पनि असर नपर्ने जनाइएको छ । अन्य देशमा निर्माण भएको भ्याक्सिनलाई ओसार पोसार गर्न र सम्तुलित तापक्रममा राख्नु पर्ने हुन्छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्