Logo

कोरोना भाइरसको स्वरुपमा भ्याक्सिनको प्रभावकारीबारे छानबिन गर्न पुटिनको आदेश



एजेन्सी, १ माघ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरसका नयाँ स्वरुपहरुमा रुसी भ्याक्सिनले कसरी काम गर्छ भन्ने विषयमा छनबिन गर्न आदेश जारी गरेका छन् । रुसद्वारा निर्माण गरिएको कोरोना विरुद्धको भ्याक्सिनले नयाँ स्वरुपमा काम गर्ने विश्वास भएतापनि पुटिनले यस विषयमा छानबिन गर्न बुधबार भएको क्याबिनेट बैठकमा आदेश दिएका हुन् ।

पुटिनको भनाई उदृत गर्दै तासले लेखेको छ, ‘नयाँ स्वरुपको भाइरस अथवा अन्य मुलुकले लकडाउनको पालनालाई हेलचेकराई गरेको कारण पुनः देशहरुमा भयावह अवस्था सिर्जना भएको छ । यसमा कुनै प्रकारको नयाँ कारण छैन् । मलाई थाहाँ छ कि हामी संग पनि नयाँ स्वरुपको भाइरस संक्रमित मानिसहरु छन् । त्यसमा हाम्रो बैज्ञानिकहरुले अध्ययन गरिरहेका छन्। हामीसित रहेको भ्याक्सिनले कसरी काम गर्न सक्छ भन्ने विषय पत्ता लगाउन जरुरी छ ।’

उनले अगाडि भने,‘रुसी भ्याक्सिन विश्व मै सबै भन्दा राम्रो हो । तर, नयाँ स्वरुप संग लड्ने यसको रिसर्च र अध्ययन आवश्यक छ । हाम्रो वैज्ञानिकको सल्लाह पनि मलाई थाहाँ छ । हाम्रो भ्याक्सिनले जस्तो सुकै स्वरुपको भाइरससित पनि लड्न सक्दछ । तर, यसको गहिरो अध्ययन जरुीर छ ।’ पुटिनले उप–प्रधानमन्त्रीलाई अध्ययनको प्रक्रियालाई उच्च तहसम्म लग्न र रिसर्चमा जोड दिन निर्देशन समेत दिएका छन् । कोरोना भाइरस विरुद्वको भ्याक्सिन निर्माण गर्ने रुस पहिलो देश थियो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्