Logo

२४ घन्टाका थप ६ जनाको मृत्यु



काठमाडौं, १ माघ । कोरोना संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १९४३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित ४ सय ३ थपिएका छन् । आज ४ हजार ५ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ६६ हजार ५ सय ४६ संक्रमित भएपनि २ लाख ६० हजार १ सय ७७ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ४ हजार ४ सय २६ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म २० लाख २ हजार ४१ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या  २३१ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्