Logo

युनाईटेड फाइनान्सको २६ औं साधारणसभा भर्चुअल माध्यमबाट सम्पन्न



काठमाडौं, १ माघ । युनाईटेड फाइनान्स लिमिटेडले दरबारमार्गस्थित आफ्नै सभाकक्षमा जुम मार्फत बुधबार साधारण सभा सम्पन्न गरेको छ । फाइनान्सको २६ औं सभाले चुक्तापुँजीको करिब ८१ प्रतिशत प्रतिनिधित्व हुनेगरी शेयरधनीहरुको प्रोक्शी मार्फत भौतिक तथा भर्चुअल उपस्थिति रहेको जनाएको छ ।

संस्थाको संचालक समितिका अध्यक्ष श्री बसन्तकुमार चौधरीले सभाको अध्यक्षता गरेका थिए ।
सभाले आर्थिक वर्ष ०७६÷०७७ वार्षिक प्रतिवेदन, संस्थाको लेखापरिक्षण प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गरेको छ ।



प्रतिक्रिया दिनुहोस्