Logo

२१ वाणिज्य बैंकले सम्पन्न गरे पुस मसान्तसम्म वार्षिक साधारण सभा



काठमाडौं, १ माघ । २६ ओटा वाणिज्य बैंकहरु मध्ये २१ ओटा बैंकले पुस मसान्तसम्म वार्षिक साधारण सभा सम्पन्न गरेका छन् । धितोपत्रमा सुचिकृत भएका बैंकहरुले चालु आर्थिक वर्षको तीन महिनाभित्र वार्षिक लेखापरिक्षण सम्पन्न गरी ६ महिनाभित्र उक्त प्रतिवेदन साधारण सभाबाट पारित गर्नुपर्ने व्यवस्था अनुसार सभा सम्पन्न गरेका हुन् ।

सोही अनुरुप २१ ओटा वाणिज्य बैंकहरुले मात्र निर्धारित अवधिमा प्रतिवेदन पारित गरेर कार्यान्यन गरेका हुनु । यी बैकहरुले सभा मार्फत ०७६÷०७७ को वार्षिक प्रतिवेदनसँगै प्रसतावित लाभांश समेत पारित गरिसकेका छन् ।
धेरै बैंकहरुले त सभाबाट लाभांश पारित भएपछि तुरुन्त शेयरधनीहरुलाई लााभांश वितरण गरीसकेका छन् । अन्य बाकी बैकहरुले सात दिन भित्र शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने जनाएका छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, सिद्वार्थ बैंक, सिभिल बैंक र नेपाल क्रेडिट एण्ड कर्मस बैंकको साधारण सभा गर्न बाकी छ । सिभिल बैंकले पुस २७ गते लाभांश प्रस्ताव पारित सार्वजनिक गरेको छ । बैंकले माघ महिनाभित्रै साधारण सभा सम्पन्न गर्ने जनाएको छ । अन्य चार बैंकले पनि साधारण सभाको मिति तय गरेको जनाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्